Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

खबरडबली संवाददाता
काठमाडौँ। चिया क्षेत्रमा काम गर्दै अएका व्यक्तिहरूले ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग गरेका छन् । चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन उनीहरूले प्रदेश नं १ सरकारलाई सुझावसमेत दिएका हुन् ।
विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीका रुपमा रहेको चिया प्रवद्र्धनका लागि सबै निकाय जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड थियो ।
 
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा प्रदेश संवाद समूहद्वारा आज यहाँ आयोजित ‘चिया क्षेत्रका समस्या समाधानका लागि प्रदेशस्तरीय संवाद’ कार्यक्रमका वक्ताले सङ्घीय सरकारसँग समन्वय गरी भारततर्फ  चिया निर्यातको अवरोध हटाउन तत्काल पहल गर्न आग्रह गरेका छन् ।
 
यसैगरी उनीहरूले प्रदेशमा चियाको गुणस्तरीय परीक्षण गर्ने ल्याब स्थापना र कार्यान्वयनमा ल्याउनेपर्ने, प्रदेशस्तरीय चिया विकास बोर्ड स्थापनाको पहल गर्नुपर्ने, प्रदेश सरकारले चिया अक्सन बजारको व्यवस्था गर्नुपर्ने तथा श्रम ऐन र योगदानमा आधारित सामािजक सुरक्षा कोष ऐन सरकार–निजी चिया क्षेत्रमा कार्यान्वयन गराउन पहल गर्नुपर्नेजस्ता सुझाव दिएका छन् ।
 
प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले चियाको बजारीकरणलाई ध्यानमा राखी कार्य गरेमा किसानका साथै उद्यमी लाभान्वित हुने बताए। उनले बगानका किसानलाई चियाको गुणस्तर कायम राख्न सुझाव दिँदै यस क्षेत्रका समस्या समाधान गर्न सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने धारणा राखे।
 
नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले कृषिमा छुट्याएको बजेटको सदुपयोगका सम्बन्धमा अनुगमन गर्नुपर्ने बताए। मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले चियालाई परिस्कृत गरी दक्षिण एसियाको बजार तथा यस क्षेत्रका किसान लाभान्वित हुने धारणा राखे।
 
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराई, निर्देशक डा दीपक खनाल, वाणिज्य, आपूर्तिमन्त्रालय सहसचिव गोविन्दबहादुर कार्की, नेपाल चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङ, चिया उद्यमी सुरेश मित्तल, मजदुर नेता भुपाल सापकोटाले राज्यले चिया खेतीलाई विशेष प्राथमिकतामा राख्नुका साथै  उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending