Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रधानमन्त्रीको आधिकारिक तस्बिर संशोधन, चश्माको ब्रान्ड हटाइयो

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ।

आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएको तस्बिरमा उनले लगाएको चश्मामा ‘Ray-Ban’ ब्रान्डको नाम स्पष्ट देखिएको थियो। त्यसपछि सार्वजनिक गरिएको दोस्रो संस्करणमा उक्त ब्रान्ड नाम सम्पादन गरेर हटाइएको छ।

दुवै तस्बिरमा प्रधानमन्त्री कालो पोशाक, कालो टोपी र कालो चश्मामा देखिन्छन्। दुवै कानमा टप लगाएको शैली भने यथावत राखिएको छ। ब्रान्ड नाम बाहेक अन्य कुनै परिवर्तन गरिएको छैन।

सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्बिर टाँग्ने प्रचलनअनुसार सो तस्बिर सार्वजनिक गरिएको हो।

तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले ब्रान्ड देखिनु उपयुक्त नभएको टिप्पणी गरेका छन् भने केहीले शैली र प्रस्तुतिमाथि बहस गरेका छन्। सरकारले भने संशोधनबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

प्लास्टिकको चामल’ फेला परेको हल्ला निराधार

उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँ  । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...

देउवामाथि अनुसन्धानको चर्चा, रावलको प्रतिवाद—‘दाइजोको सम्पत्ति हो’

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending