काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गरेका हुन्। योसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्।
३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनको व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो। एकदिवसीयमा उनको औसत ३५ भन्दा धेरै छ।
एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ को औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाएका छन्। यस्तै आसिफ शेखले २४ खेलमा २८ को औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाएका छन्।
अहिले नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्रिजमा रोहित र कुशल भुर्तेल छन्।
कुशलको पहिलो शतक
ओपनर कुशल भुर्तेलले नामिबियासँगको खेलमा शतक प्रहार गरेर अर्को कीर्तिमान राखेका छन्।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलको यो पहिलो शतक हो । उनले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक बनाए ।
कुशल एकदिवसीय र टी–२० मा शतक प्रहार गर्ने तेस्रो नेपाली क्रिकेटर पनि बनेका छन् । यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एकदिवसीय र टी–२० दुवै शतक प्रहार गरेका थिए ।
कुशलले २५ एकदिवसीयमा २२ भन्दा धेरैको औसतमा ५ सय ४२ रन बनाएका छन् । कुशल अहिले क्रिजमै छन् । नेपालले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ ।
काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देशाईको डेब्यु खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हासिल गरेको छ ।
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा देशाईले डेब्यु गरेको खेलमा नेपालले मंगलबार नामिबियालाई हराएको हो ।
देशाईको परीक्षण
आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत टियु क्रिकेट मैदानमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो।
यस जितसँगै देशाईको नेतृत्वमा नेपालले सुखद सुरुआत गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई हालै मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। क्यानले देशाईलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: