Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

उपलब्धिलाई संस्थागत गर्दै जनअपेक्षाअनुसार काम गर्नुको विकल्प छैन : उपराष्ट्रपति पुन

रासस

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले देशको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि जनताले सचेततापूर्वक थालेको सङ्घर्षकै कारण सिंहदबारमा केन्द्रित अधिकार र सेवा प्रदेश तथा स्थानीयस्तरमा पुगेकाले त्यसलाई संस्थागत गर्न सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्। 

मधेसी सहिद प्रतिष्ठानले जनयुद्ध दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशिता आएकाले यसको संरक्षण गर्ने दायित्व पनि सबैको भएको बताए। 
उनले दशवर्षे जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन, जनजाति तथा थारुलगायत पछिल्लो समयका क्रान्ति तथा आन्दोलनका उद्देश्य पूरा भए की भएनन् भन्ने विषयमा समीक्षा गर्न सकिए पनि हाल प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि जनअपेक्षाअनुसार काम गर्नुको विकल्प नभएको बताए।

 ‘क्रान्ति तथा आन्दोलनका सम्पूर्ण उद्देश्य पूरा भए की भएनन्? यसको समीक्षाको पाटो अलग्गै छ’, उपराष्ट्रपति पुनले भने, ‘सत्य कुुरा ती क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र आएको हो । सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशिता आएको हो । त्यसैले म यी उपलब्धिप्रति गौरव गर्न सबैमा आग्रह गर्दछु।’

जनयुद्ध दिवस मनाउन तथा जनयुद्धको योगदानलाई स्थापित गर्न मधेस सरकारले खेलेको भूमिकाका लागि धन्यवाद दिँदै उनले सङ्घीय सरकारले पनि सार्वजनिक बिदा दिई नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको उल्लेख गरे। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending