काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाए अझै पनि सरकारमा जाने आश्वासन दिएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले पुरानो सहमति कार्यान्वयन भए पुन: सरकारमा जाने निर्णय गरेको हो।
केही समयअघि मात्रै रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि गृह मन्त्रालय गुमेको थियो। उनको नागरिकता विवादमा अदालतले अवैध ठहर गरेसँगै उनको पद गएको थियो।
पद गए पनि तत्काल नागरिकता बनाएर गृहकै लबिङमा थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्टि भएपछि तत्काल गृहमा फर्किने इच्छा पूरा भएन।
‘सहमति कार्यान्वयन गर्ने अवस्था रह्यो भने हामी फेरि सरकारमा जान सक्छौ। त्यो विषयमा तोडिएको जस्तो अनुभूति भएर हामीले सरकार छोडेका हौ’, बैठकपछि बुर्लाकोटीले भने, ‘बैठकमा अध्यक्षले अहिलेको राजनीतिक घटनाक्रम र उच्चस्तरीय संयन्त्रमा भएको छलफलबारे ब्रिफिङ गर्नुभयो।’
उनले पुरानो सहमति कायम वा चित्तबुझदो नयाँ सहमति भए सरकारमा जान सकिनेबारे छलफल भएको बताए। उनले उपनिर्वाचनमा सभापति रवि लामिछाने उम्मेदवार हुने र त्यो निर्वाचनपछिमात्रै सभापति लामिछाने सरकारमा जाने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: