Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

रक्षामन्त्री भारत प्रस्थान

खबरडबली संवाददाता

काठमाडौं।  रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गरेका छन्। 
मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन्। 

सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आइरहेको बताएका छन्। उनले नेपाली सेनाको पेशागत दक्षता तथा कार्यकुशलताको प्रशंसा गरे।

सैनिक जङ्गी अड्डामा आज आयोजित पृतनापति समन्वयात्मक बैठक, २०७९ को शुभारम्भका अवसरमा शुभकामना व्यक्त गर्दै  उनले सेनाले कोभिड–१९ महामारीलगायत विभिन्न विपद्को दौरान अग्रपङ्क्तिमा खटिइ व्यक्तिगत जोखिमको प्रवाह नगरी निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। 

रक्षामन्त्री उप्रेतीले बाह्य र आन्तरिक दुवै सुरक्षा खतरालाई सुक्ष्म विश्लेषण र मूल्याङ्कन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे। निर्दिष्ट संवैधानिक दायित्व सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्वद्र्धन गर्न सेनालाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्ने उहाँले उल्लेख गरे।

त्यसका लागि नेपाली सेनाको दीर्घकालीन सोच–२०८७, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना–२०७८, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना–२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजनालगायत अन्य मार्गनिर्देशक दस्तावेज बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता थियो । उहाँले सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न करिडोरको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने समेत बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending