Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पर्यटनमन्त्री किरातीले भने– सिद्धान्तले मात्र देश चल्दैन

रासस
काठमाडौं।  सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताएका छन्। 
 
राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रका कार्यक्रमलाई तीव्रता प्रदान गर्ने सन्दर्भमा कतिपय विषयमा कानुनी, व्यावहारिकका साथै अन्तर्राष्ट्रिय समस्यासमेत झेल्नु पर्ने अवस्था रहेको जानकारी दिए।
 
 मन्त्री किराँतीले भने, ‘मानवीय, भूगोल र प्राविधिक पक्षका आधारमा हवाई जहाज दुर्घटना हुने गरेको अध्ययनले देखिएको छ, मुलुकको आवश्यकताका आधारमा विमानस्थल निर्माण हुनेछन् । सिद्धान्त र विचारले अब चल्दैन, परिणाम आउने गरी काम गरिनुपर्छ भन्ने मान्यता राख्छु ।’
 
 समिति सभापति दिलकुमारी रावलले हवाई दुर्घटना न्यूनीकरण गर्न जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्न सुझाव दिए।
 
 मन्त्रालयका सचिव सुरेश अधिकारीले भैरहवा विमानस्थलको रुटका लागि कूटनीति र प्राविधिकस्तरमा छलफलको तयारी भइरहेको बताए।
 
 नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई दुर्घटना न्यूनीकरण गर्न एक हजार फिटमाथि नै सम्पूर्ण तयारी पूरा गरेर मात्र अवतरण गर्नुपर्छ भन्ने नियम कार्यान्वयनमा गइसकेको बताए।
 
 उनले जहाज नयाँ र पुरानोका आधारमा नभई उडानयोग्य र अयोग्यका उडान अनुमति दिने वा नदिने भन्ने प्रश्न उठ्नेबारे समितिलाई जानकारी गराए।
 
यसअघि समिति सदस्यहरूले पुराना जहाज नकिन्न, जहाजको भाडा दर घटाउन तथा अत्याधुनिक र सुरक्षित जहाजमात्रै खरिद गर्न सुझाव दिए।  पुराना जहाज किनेर नेपाललाई पुरानो प्लेन ल्याण्ड साइट नबनाउन सुझाव दिदै उनीहरूले तराईबाट त्यस क्षेत्रका पहाडी जिल्लामा उडान भर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराए।
 
 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending