Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । 

खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षण बढेको हो ।

कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै जाँदा खेतीयोग्य जमिन बिस्तारै घट्दै जाने चिन्ता पनि थपिएको छ । यस क्षेत्रमा बढ्दो जग्गा प्लटिङका कारण खेतीयोग्य जमिनमा मासिन थालेको छ । 

यस क्षेत्रमा तरकारी खेती गर्ने अधिकांश किसान काठमाडौँभन्दा बाहिरी जिल्लाका छन् । उनीहरुले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका अनुसार ८० देखि ९० प्रतिशत किसान बाहिरी जिल्लाबाट आएका छन् । उनीहरुले प्रतिरोपनी वार्षिक रु १० हजारदेखि २५ हजारसम्म भाडा बुझाउने गरेका छन् । 

रोल्पाबाट आएका कर्णबहादुर घर्तीमगरले चन्द्रागिरि नगरपालिका–४ थानकोटमा ३५ रोपनी जग्गा भाडामा लएर तरकारी खेती गरिरहेका छन् । उनी अहिले गोलभेँडा स्याहार गरी फेरि गोलभेँडा रोप्ने तयारीमा छन् ।

यस क्षेत्रका केही किसानले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न सके पनि कतिपयले भने रोगका कारण अपेक्षा अनुसारको आम्दानी लिन नसकेको बताउँदै आएका छन् । रोप्लाका मगर पनि मल र बीउलगायत विभिन्न समस्या तथा सरकारी नीतिका कारण अपेक्षाअनुसारको आम्दानी नभएको बताए ।

काभ्रेपलाञ्चोबाट यहाँ आएर खेती गरिरहेका किसान सुरेश लामाले पनि जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको लामो समय भइसकेको छ । राम्रोसँग समय दिएर तरकारी खेती गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले तरकारी खेतीसँगै गाईपालन पनि गरिरहेका छन् । 

चन्द्रागिरिमा अन्य खेतीको तुलनामा तरकारी खेती बढी हुने गरेको छ । तरकारीमा पनि गोलभेँडा अत्यधिक उत्पादन हुन्छ । यहाँ उत्पादन हुने गोलभेँडा रसिलो र मीठो हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । काठमाडौँ कालीमाटी तरकारी बजारका व्यापारीले खेतमै आइ थोक मूल्यमा तरकारी लिएर जाने गरेका छन् ।

चन्द्रागिरिमा तरकारी खेती गर्ने दुई सय ७३ कृषि फार्म तथा समूह सूचीकृत रहेको रहेको नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ । उनका अनुसार यहाँ ८६ हजार रोपनीमध्ये हाल झन्डै २६ हजार रोपनीमा खेती हुने गरेको छ । जसमध्ये १० प्रतिशत किसानले गाईवस्तु र कुखुरापालन समेत गरेको उनको भनाइ छ ।

तरकारी खेतीमा लागेका कति किसान सूचीकृत नभएकाले अभिलेख नगरपालिकासँग छैन । गोलभेँडासँगै यहाँका किसान च्याउ खेतीमा पनि उत्तिकै सक्रिय छन् । विशेष गरी बलम्बुको च्याउको बजार राम्रो छ ।

तर नगरपालिकासँग भने यहाँबाट वार्षिक कति तरकारी उत्पादन हुन्छ ? कारोबार कति हुन्छ ? भन्ने कुनै अभिलेख नभएको प्रवक्ता खड्गीको भनाइ छ । उनका अनुसार नगरपालिकाले तरकारी खेतीमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको र अहिले पनि च्याउ खेतीका लागि आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । 

कृषिमा तीन करोड बजेट 

चन्द्रागिरि नगरपालिकामा कृषि विकासका लागि चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । आन्तरिक बजेटसँगै केही रकम सङ्घीय सरकारबाट प्राप्त छ भने कुनै प्रदेश सरकारबाट पनि प्राप्त छ । साथै कृषि क्षेत्रका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत पनि बजेट विनियोजन भएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले आन्तरिक रूपमा एक करोड ५० लाख बजेट विनियोजन गरेको कृषि शाखाका प्राविधिक सहायक सुवास भण्डारीले जानकारी दिए । उनका अनुसार टनेल घर, हाते ट्र्याक्टर, च्याउ खेतीका लागि आवश्यकयन्त्र उपकरणलगायतका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ । जसका लागि झन्डै रु २२ लाख बजेट विनियोजन भएको छ । 

हिउँदे र बर्खे तरकारी बीउका लागि मात्रै नगरपालिकाले रु १० लाख बजेट छुट्याइएको छ । उक्त रकम वडा कार्यालयमार्फत वितरण हुनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत च्याउ र तरकारी पकेट क्षेत्रका लागि रु२४ लाख बजेट आएको छ । त्यसको निवेदन सङ्कलन कार्य जारी रहेको भण्डारीले बताए । निवेदनका आधारमा उपयुक्त पकेट क्षेत्र छुट्याइने उनको भनाइ छ ।

प्रदेश सरकारअन्तर्गत च्याउ खेती प्रवद्र्धनका लागि ५० प्रतिशत अनुदानमा रु ३० लाख प्राप्त भएको छ । चन्द्रागिरि नगरपालिका–५ मा तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा रु १५ लाख बजेट छुट्याइएको छ भने सङ्घीय सरकारबाट सहर केन्द्रित तरकारी खेती विकासका लागि रू एक करोड विनियोजन भएको नगरपालिकाले जनाएको छ । 

यस्तै सहरी हाटबजार व्यवस्थापन गर्न रू ५० लाख छुट्याइएको छ । किसानहरू अझै पनि सरकारबाट भने प्रभावकारी सहयोग हुन नसकेको दुखेसो गर्छन् । उत्पादन गरेको बालीले पाउनुपर्ने मूल्य नपाएको उनीहरुको दुखेसो छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending