एजेन्सी । यू-२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ।
भारतलाई ३-१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो। बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो।
पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफको तेस्रो मिनेटमा नै भारतीय गोलकिपरको कमजोरीको फाइदा उठाउँदै अञ्जली चन्दले बराबरी गोल फर्काइन्। खेलको ६७ औँ मिनेटमा भारतीय खेलाडीले डी-बक्सभित्र नेपाली खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालकी कप्तान प्रीति राईले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्।
खेलको ८८ औँ मिनेटमा नेपालकी अमिषा कार्कीले अर्को गोल थप्दै नेपाललाई जित दिलाइन्। भारतका लागि खेलको पहिलो हाफको २० औँ मिनेटमा अपूर्ण नरजारीले गोल गरिन्।
हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भए पनि दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरी ३ अंक जोडेको थियो। तेश्रो खेलमा आज नेपालले भारतलाई ३-१ ले पराजित गरेसँगै नेपाल ३ खेलबाट ६ अंक जोड्दै फाइनल पुगेको हो। भारतले पहिलो खेलमा भुटानलाई १२-० ले पराजित गरेर ३ अंक जोडेको भए पनि दोस्रो खेलमा आयोजक बंगलादेशसँग गोलरहीत बराबरी खेलेर १ अंकमात्र थप्न सक्यो।
भारतले ३ खेलबाट जम्मा ४ अंकमात्र बटुल्न सक्यो। आजै घरेलु टोली बंगलादेश र भुटानबीच लिगको अन्तिम खेल हुँदैछ। भुटानले खेलेका दुवै खेल हारेर पहिले नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। बंगलादेशको भने नेपालसँगको पहिलो खेलमा पाएको जितबाट ३ अंक र भारतसँग गोलरहीत बराबरीबाट १ अंक बटुलेर जम्मा ४ अंक छ। आजको खेल बराबरीमात्र गरे पनि बंगलादेश फाइनल पुग्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - ११:०५
काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...
चैत्र ११ गते, २०७९ - १०:३५
महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...
चैत्र ११ गते, २०७९ - १०:३२
काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
चैत्र ८ गते, २०७९ - १३:०५
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...
चैत्र ४ गते, २०७९ - ०९:२९
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...
चैत्र ४ गते, २०७९ - ०८:४०
काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...
चैत्र ४ गते, २०७९ - ०८:३६
काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...
फाल्गुन ११ गते, २०७९ - १४:२६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...
फाल्गुन ९ गते, २०७९ - १४:०८
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...
फाल्गुन ९ गते, २०७९ - १०:५९
काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...
प्रतिकृया लेख्नुहोस्: