Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चिया निर्यातबाट बार्षिक तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन

खबरडबली संवाददाता

झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका  अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । 

सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । 

उनले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताए ।  त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको उनको भनाइ छ । 

उनले भने, “मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं १ मा हुने गरेको छ ।” प्रमुख अधिकारीले प्रदेश नं १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने बताए। 

नेपालमा चिया उत्पादन गर्ने ३०  अर्थोडक्स र ३८  सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको उनको भनाइ छ । उहाँले मुलुकमा एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिए। 

बोर्डको तथ्याङ्कमा मुलुकमा एक सय ६० वटा भन्दा बढी चिया बगान रहेका छन् । पन्ध्र हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् भने ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए। उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए। 

उनले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । 

प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies