Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नेपालगन्ज भन्सार- गतवर्षको तुलनामा कम राजश्व असुली

खबरडबली संवाददाता

वीरगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष रु नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ । 

चालु आर्थिक वर्ष २०७९÷८० को गत छ महिनाको अवधिमा करिब रु साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा रु नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार जमुनाहनाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आवको गत छ महिनामा रु ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार घाटा भएको छ । 

तर यो घाटा गत वर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा रु नौ अर्ब २९ करोड ६८ लाख ७२ हजार कम भएको अधिकृत शर्माले बताए । 

निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा धेरै भएको हो । सो कार्यालयका अनुसार निकासी ज्यादै न्यून भए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्यून हुँदा व्यापार घाटा उच्च भएको हो ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट रु ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार बराबरको सामग्री आयात भएकामा रु ९९ करोड ६३ लाख १० हजारको मात्र वस्तु निर्यात भएको छ । यसरी रु ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार व्यापार घाटा भएको छ । 

भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा सो नाकाबाट रु ४१ अर्ब ८४ करोड एक लाख ९९ हजारको वस्तु आयात भएकामा रु ९७ करोड तीन लाख चार हजारको सामग्री निर्यात भएको थियो ।

चालु आवमा चिनी, गहुँजस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नुलगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार कार्यालयले जनाएको छ । 

जमुनाहानाकाबाट पेट्रोलियम पदार्थ, शुद्ध फलाम, भटमासको पिना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्यास, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending