Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

स्याङ्जामा पढ्दै कमाउँदै प्रभावकारी

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।गल्याङ नगरपालिका–११ बज्रेस्थित उक्त विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्र्तगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ ।

‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’अन्तर्गत ६७  विद्यार्थी प्रयोगात्मक सिकाइका लागि तरकारी बारीमा खटिने गरेका कक्षा १० मा अध्ययनरत अङ्कित नेपालीले बताए। विद्यालयमा पढाई हुने विषयमा  सैद्धान्तिक ज्ञान लिने गरिन्छ  तर कृषि विषय यस विद्यालयमा नभए पनि प्रयोगात्मक ज्ञान लिने अवसर मिलेकामा निकै खुसी भएको उनले बताए ।

“साथीहरुसँग समूहमा रहेर प्रयोगात्मकरूपमा तरकारी उत्पादन गर्दा  नभुलिने गरी शिक्षा प्राप्त भएको छ”, अङ्कितले भने, “विद्यालयका गुरु तथा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा हामी आफै काम गर्छौं, उत्पादन गर्छौं र त्यसको बजारीकरण पनि गर्छौं ।”

यहाँ उत्पादन भएको विभिन्न तरकारीका बेर्ना र उत्पादित तरकारी बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने गरेकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको उनको भनाइ थियो ।

उक्त कार्यक्रम सञ्चालनका लागि गत वर्ष नेपाल सरकारबाट प्राप्त हुने अनुदानका लागि विद्यालयले प्रस्ताव पेस गरेकामा छनोटमा परेपछि गत साउनदेखि यो कार्यक्रम सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताए । 

उक्त कार्यक्रमका लागि रु १० लाख बजेट प्राप्त भएको थियो  । विद्यालय नजिकै जग्गा भाडामा लिएर सात वटा प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न जातका तरकारी उत्पादन हुँदै  आएको छ ।“विद्यार्थीको सामूहिक सक्रियतामा सञ्चालनमा रहेको यो कार्यक्रम  उदाहरणीय बन्न पुगेको छ”, उनले भने, “विद्यार्थी उत्साहित भएर बेर्ना राख्ने, उमार्ने, लगाउने र बजारीकरणसम्मका काम गर्छन् ।”

उत्पादित बेर्ना तथा तरकारी बजारसम्म पु¥याउन विद्यालयले स्थानीय तरकारी व्यापारीसँग समन्वय गरिदिएकाले पनि सहज भएको छ । उत्पादित तरकारीको मूल्य विद्यालयले निर्धारण गर्ने र  बिक्री भई आएको मूल्य ती  विद्यार्थीको कोषमा जम्मा गरिन्छ ।“बेर्ना तथा तरकारी बिक्रीबाट आएको रकमलाई आम्दानी बाँधेर विद्यार्थीको कोषमा जम्मा गरिदिन्छौँ”, प्रधानाध्यापक गैरेले भने, “कोषमा जम्मा भएको रकम विद्यार्थीको हाजिरीका आधारमा भुक्तानी गर्दै आएका छौँ ।”

विद्यालयमा हुने नियमित अध्ययनसँगै अतिरिक्त समय बारीमा गई कृषिसम्बन्धी प्रयोगात्मक ज्ञान लिने र उत्पादित तरकारी बिक्रीबाट आम्दानीसमेत लिँदै आइएकाले पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको उनको जिकिर थियो । विद्यार्थीले काँक्रा, घिरौँला, चिचिण्डो, फर्सी, करेला, लौका, बोडी, सिमी, साग, काउली, बन्दा, मूला, गाजरलगायत तरकारीका बेर्ना तथा तरकारी नै बिक्री गरी आम्दानी लिँदै आएका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट पुन: निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending