सर्लाही । कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो ।
केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताए। उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो ।
नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो । करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो । त्यस क्रममा हरिपुर्वा नगरपालिका–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट थिए। प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन् ।
कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्रकुमार अधिकारीले बताए। उहाँका अनुसार हरिपुर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको पाँचवर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए ।
नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए । उनका अनुसार बजेट बाँडफाँटमा भागबण्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मङ्सिर अन्तिममा पारित गरिएको थियो ।
जनप्रतिनिधिबीच राजनीतिक सहमति हुन नसक्दा कर्मचारी चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरप्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने सङ्केत देखिएको भन्दै हरिपुर्वाका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
जनप्रतिनिधि मिल्न नसक्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दुव्र्यवहार सहिरहनुपरेको अर्का कर्माचारी सुनिलकुमार रायले बताए ।
यता प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरप्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छेमात्रै छनोट गराएका कारण आफूहरूले त्यसको विरोध गरेको हरिपुर्वा नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रमोद यादवले बताए । उनले आफूहरूले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: