Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

यो वर्ष हिउँदमा ३० वर्षयताकै औसतभन्दा कम वर्षा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । नेपालमा यो वर्ष हिउँदमा तीन दशकयताकै औसतभन्दा निकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई नेपालमा हिउँदयाम मान्ने गरिएको छ।

विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलका अनुसार वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी हिउँदमा पर्ने गर्छ।

देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा गरिने मापनको आधारलाई हेर्दा करिब ६० मिलिमिटर वर्षा हुने गरेको उनी बताउँछिन्।

गत वर्ष हिउँदयामको आरम्भदेखि नै वर्षा थियो। तर यसपालि त्यस्तो नभएको कँडेलले बताइन्।

तथ्याङ्क

विभागको तथ्याङ्कअनुसार सन् १९९१ देखि सन् २०२० सम्म डिसेम्बर १ देखि ज्यानुअरी १८ को अवधिमा औसतमा १२.६ मिलिमिटर पानी परेको थियो।

सन् २०२१-२०२२ को सोही अवधिमा २७.१ मिलिमिटर पानी परेकोमा २०२२-२०२३ को हिउँदमा अहिलेसम्म ०.१ मिलिमिटर मात्र पानी परेको तथ्याङ्क छ।

सन् १९९१ देखि सन् २०२० सम्म डिसेम्बर १ देखि फेब्रुअरी २८ को अवधिमा ६०.१ मिलिमिटर र २०२१-२०२२ को सोही अवधिमा ७५ मिलिमिटर वर्षा भएको थियो।

“हामीले हालै आकलन गरे जस्तै पानी पर्ने अवस्था देखिएको छ। पश्चिमी वायुको प्रभाव कम भएर अहिले पानी नपरेको अवस्था छ‍,” विभागकी प्रवक्ता वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बीबीसीसँग भनिन्।

मनसुनमा धेरै वर्षा भएको वर्ष ‘पोस्ट-मनसुन’ अर्थात् बर्खायामपछिको समय र हिउँदमा पनि राम्रै पानी पर्ने गरेको गरेको मौसमविद्‌हरू बताउँछन्।

मनसुन ‘राम्रो’ हुनुमा धेरै पक्षले प्रभाव पारेको हुन्छ। उनीहरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने 'एल निन्यो' र 'ला निन्या' हो।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

मनसुनमा एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

के काम पानी पर्नु चिन्ताको विषय हो ?

हिउँदयाममा यसै पनि कम पानी पर्ने गरेको पृष्ठभूमिमा अहिले सुक्खा हुँदा त्यसको प्रत्यक्ष प्रभाव हिउँदे बालीमा पर्ने वरिष्ठ मौसमविद्‌ कँडेल बताउँछिन्।

नेपालमा हिउँदयाममा हिँउदे तरकारीका साथै गहुँ र मुसुरोजस्ता बाली लगाइन्छ।

“कम पानी पर्दा खानेपानीका मुहान सुक्न सक्छन्। त्यसका साथै वर्षा हुँदा वायुमण्डलमा रहेका धुलोका कणहरू पखालिएर जान्छन् भने पानी नपर्दा प्रदूषण पनि बढ्छ,” सुक्खा हिँउदले पार्ने असरबारे उनले भनिन्।

“यसपालि ‘पोस्ट-मनसुन’मा पनि खासै पानी भएन र हिउँदमा पनि नहुने हो भने आउँदा महिनामा आगलागी र डढेलोका घटना बढ्न सक्छन्,” कँडेलले थपिन्।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल पनि हिउँदयाम सुक्खा हुँदा त्यसको "बहुआयामिक असर" पर्ने बताउँछिन्।

“कृषिलाई नै फरक पर्ने भयो। भूमिगत पानीका स्रोत पुनर्भरण नहुने भयो। माटोमा चिस्यान घट्ने भयो। यो चिन्ताकै विषय हो,” उनले अगाडि भनिन्।

यो हिउँदयाम सुक्खा हुने पूर्वानुमानसँगै हिउँदे बालीनालीका लागि  सिँचाइको व्यवस्था गर्न भनेर सूचना पनि आफूहरूले यसअघि नै जारी गरिसकेको पोखरेलले बताइन्।

“तराईमा यसपालि कैयौँ दिनसम्म शीतलहर चल्नु र बाक्लो कुहिरो लाग्नुमा पानी नपर्नु एउटा कारण हो,” उनले भनिन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending