Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

यो वर्ष हिउँदमा ३० वर्षयताकै औसतभन्दा कम वर्षा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । नेपालमा यो वर्ष हिउँदमा तीन दशकयताकै औसतभन्दा निकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई नेपालमा हिउँदयाम मान्ने गरिएको छ।

विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलका अनुसार वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी हिउँदमा पर्ने गर्छ।

देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा गरिने मापनको आधारलाई हेर्दा करिब ६० मिलिमिटर वर्षा हुने गरेको उनी बताउँछिन्।

गत वर्ष हिउँदयामको आरम्भदेखि नै वर्षा थियो। तर यसपालि त्यस्तो नभएको कँडेलले बताइन्।

तथ्याङ्क

विभागको तथ्याङ्कअनुसार सन् १९९१ देखि सन् २०२० सम्म डिसेम्बर १ देखि ज्यानुअरी १८ को अवधिमा औसतमा १२.६ मिलिमिटर पानी परेको थियो।

सन् २०२१-२०२२ को सोही अवधिमा २७.१ मिलिमिटर पानी परेकोमा २०२२-२०२३ को हिउँदमा अहिलेसम्म ०.१ मिलिमिटर मात्र पानी परेको तथ्याङ्क छ।

सन् १९९१ देखि सन् २०२० सम्म डिसेम्बर १ देखि फेब्रुअरी २८ को अवधिमा ६०.१ मिलिमिटर र २०२१-२०२२ को सोही अवधिमा ७५ मिलिमिटर वर्षा भएको थियो।

“हामीले हालै आकलन गरे जस्तै पानी पर्ने अवस्था देखिएको छ। पश्चिमी वायुको प्रभाव कम भएर अहिले पानी नपरेको अवस्था छ‍,” विभागकी प्रवक्ता वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बीबीसीसँग भनिन्।

मनसुनमा धेरै वर्षा भएको वर्ष ‘पोस्ट-मनसुन’ अर्थात् बर्खायामपछिको समय र हिउँदमा पनि राम्रै पानी पर्ने गरेको गरेको मौसमविद्‌हरू बताउँछन्।

मनसुन ‘राम्रो’ हुनुमा धेरै पक्षले प्रभाव पारेको हुन्छ। उनीहरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने 'एल निन्यो' र 'ला निन्या' हो।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

मनसुनमा एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

के काम पानी पर्नु चिन्ताको विषय हो ?

हिउँदयाममा यसै पनि कम पानी पर्ने गरेको पृष्ठभूमिमा अहिले सुक्खा हुँदा त्यसको प्रत्यक्ष प्रभाव हिउँदे बालीमा पर्ने वरिष्ठ मौसमविद्‌ कँडेल बताउँछिन्।

नेपालमा हिउँदयाममा हिँउदे तरकारीका साथै गहुँ र मुसुरोजस्ता बाली लगाइन्छ।

“कम पानी पर्दा खानेपानीका मुहान सुक्न सक्छन्। त्यसका साथै वर्षा हुँदा वायुमण्डलमा रहेका धुलोका कणहरू पखालिएर जान्छन् भने पानी नपर्दा प्रदूषण पनि बढ्छ,” सुक्खा हिँउदले पार्ने असरबारे उनले भनिन्।

“यसपालि ‘पोस्ट-मनसुन’मा पनि खासै पानी भएन र हिउँदमा पनि नहुने हो भने आउँदा महिनामा आगलागी र डढेलोका घटना बढ्न सक्छन्,” कँडेलले थपिन्।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल पनि हिउँदयाम सुक्खा हुँदा त्यसको "बहुआयामिक असर" पर्ने बताउँछिन्।

“कृषिलाई नै फरक पर्ने भयो। भूमिगत पानीका स्रोत पुनर्भरण नहुने भयो। माटोमा चिस्यान घट्ने भयो। यो चिन्ताकै विषय हो,” उनले अगाडि भनिन्।

यो हिउँदयाम सुक्खा हुने पूर्वानुमानसँगै हिउँदे बालीनालीका लागि  सिँचाइको व्यवस्था गर्न भनेर सूचना पनि आफूहरूले यसअघि नै जारी गरिसकेको पोखरेलले बताइन्।

“तराईमा यसपालि कैयौँ दिनसम्म शीतलहर चल्नु र बाक्लो कुहिरो लाग्नुमा पानी नपर्नु एउटा कारण हो,” उनले भनिन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending