काठमाडौँ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन् ।
विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन । यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउछन् । “अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ”, उनी भन्छन् ।
टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो । अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन् ।
त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक रु ३३ करोड दिँदै आएको छ । कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ । “झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक रु १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन”, कार्यकारी निर्देशक प्राडा काफ्ले भन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: