Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची, उपभोक्ता ठगिनेक्रम बढ्दो

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । 

यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल, होटललगायतलाई वितरण गर्नुपर्ने भए पनि सङ्घ निस्क्रय हुँदा मूल्यसूचीकायम गर्न सकिएको छैन ।

सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलमा विनामूल्यसूची खाद्यन्न तथा अन्य सामग्री बिक्री भइरहेका छन् । ग्रामीण भेगका सबै पसलमा मनोमानीरुपमा सामग्री बिक्री भइरहेका छन् । एउटै सामानको मूल्य पसलैपिच्छे फरक पाइएको उपभोक्ताको गुनासो छ । खाद्यन्नदेखि अन्य सामग्रीको मूल्य घटबढ भइरहन्छ । मूल्य सूची कायम गराउने सवालमा उद्योग वाणिज्य सङ्घ निरीह हुँदा उपभोक्ता ठगिन बाध्य छन् । 

लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको सङ्घका सहसचिव महेश खालिङ राईले स्वीकार गरे। सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी, नेचा सल्यान, दूधकोसी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटलमा पनि मूल्यसूची नभएको पाइएको छ । बजार अनुगमन गर्दा होटल तथा पसलमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending