Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

सडक अलपत्र पार्ने शारदा अधिकारीसहित १५ ठेकेदारलाई उपप्रधानमन्त्री श्रेष्ठको 'अल्टिमेटम', कसलाई कति ?

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा काम पूरा नगर्ने शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीहरूलाई काठमाडौं उपत्यकाका १५ सडक आयोजना निर्माण पूरा गर्न निर्देशनसहित लिखित प्रतिबद्धता गराएका छन् ।

शारदाप्रसाद अधिकारी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । प्रधानमन्त्री दाहाल परिवारसहित बस्दै आएको खुमलटारको घरका मालिक शैलुङ कन्सट्रक्सनका ठेकेदार हुन् । उनी लगायतले सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्दै आएका छन् । जसको सार्वजनिकरूपमा विरोध भए पनि सरकारले कारबाही गरेको छैन ।

काठमाडौं उपत्यकामा सडक निर्माण लगायतको सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमै बोलाई समयसीमा निर्धारण गरी काम सम्पन्न गर्न भनिएको हो ।

काठमाडौंका ६, भक्तपुरका ४ र ललितपुरका ५ ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर अल्टिमेटम दिइएको हो ।
काठमाडौं जिल्ला अन्तर्गतका आयोजनाहरू

१) महांकाल-भृकुटीचोक-तेन्जीङचोक-फैका-आनीगुम्बा-चपली-बुढानीलकण्ठ सडक :

निर्माण व्यवसायी – तुदि/प्रेरा जेभी बागडोल ललितपुर

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ साल माघ मसान्तसम्म

२) साततले-भण्डारी गार्मेन्ट-आकाशेधारा बालुवाखानी सडक :

निर्माण व्यवसायी– दिवा/शैलङ्ग जेभी

३) आकाशेधारा-राममन्दिर-कृष्ण मन्दिर सडक :

निर्माण व्यवसायी– शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ फागुन १५ सम्म

४) सीतापाइला–रामकोट–भिमढुंगा सडक :

निर्माण व्यवसायी– आशिष सिएम जयबाबा जेभी

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ माघ मसान्तसम्म

५) पेप्सीकोला-ब्राहखेल सडक :

निर्माण व्यवसायी– महालक्ष्मी/वर्ल्डवाईड भण्डार धोदुङ जेभी

सम्पन्न गर्ने प्रतिबद्धता– २०८० असार मसान्तसम्म

६) मित्रपार्क-गौरीघाट-गुहेश्वरी-नयाँबस्ती-जोरपाटी सडक

निर्माण व्यवसायी– सुनकोसी/प्रजिल जेभी

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ माघ मसान्तभित्र कालो पत्रे गर्ने

भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरू

१) कमलविनायक बसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य :

निर्माण व्यवसायी– श्री लोहनी एण्ड ब्रदर्श/लालीगुराँस जेभी

२) मनोहरा खोला पुल-ईन्द्रायणी-चाँगुनारायण सडक-मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक निर्माण कार्य :

निर्माण व्यवसायी– श्री लामा विल्डर्स/साल्पा शेर्पा/जय बाबा गोरख जेभी

३) हनुमन्ते खोला-अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य :

निर्माण व्यवसायी– श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

४) लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य निर्माण व्यवसायी– श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

उल्लेखित आयोजनाहरूको सन्दर्भमा दुवैपक्ष फरफारक गर्न सहमत भएका छन् ।

 

ललितपुर जिल्ला अन्तर्गतका आयोजनाहरू

१) पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड :

निर्माण व्यवसायी– महर्जन निर्माण सेवा

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ चैत मसान्तभित्र (पुल बाहेक)

२) अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी ढुकुछाप दक्षिणकाली रोड :

निर्माण व्यवसायी– ड्रागन–महर्जन जेभी, काठमाडौं ।

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ चैत्र मसान्तसम्म

३) अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङ्ग–मानेडोभान रोड :

निर्माण व्यवसायी– पि.एमं/महर्जन जेभी, ललितपुर

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ चैत्र मसान्तसम्म

४) स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर म.न.पा. १५, खुमल्टार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर :

निर्माण व्यवसायी– रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।

निर्माण सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ चैत्र मसान्तसम्म ।

५) कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला :

निर्माण व्यवसायी– महर्जन निर्माण सेवा, ललितपुर ।

निर्माण सम्पन्न गर्ने प्रतिबद्धता– २०८० असार मसान्तसम्म ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीले भन्यो: ‘डराएनौँ, झुकेनौँ, त्यसैले सरकार झुक्यो’

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...

वडासदस्यले लुकाएर राखेको तीन सय बोरा मल बरामद

ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...

बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै, एसपीसहित दर्जनौं घाइते

काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...

कायानत खातुन मृत्यु प्रकरणमा मन्त्री बादीको चासो, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ, कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending