Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सडक अलपत्र पार्ने शारदा अधिकारीसहित १५ ठेकेदारलाई उपप्रधानमन्त्री श्रेष्ठको 'अल्टिमेटम', कसलाई कति ?

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा काम पूरा नगर्ने शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीहरूलाई काठमाडौं उपत्यकाका १५ सडक आयोजना निर्माण पूरा गर्न निर्देशनसहित लिखित प्रतिबद्धता गराएका छन् ।

शारदाप्रसाद अधिकारी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । प्रधानमन्त्री दाहाल परिवारसहित बस्दै आएको खुमलटारको घरका मालिक शैलुङ कन्सट्रक्सनका ठेकेदार हुन् । उनी लगायतले सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्दै आएका छन् । जसको सार्वजनिकरूपमा विरोध भए पनि सरकारले कारबाही गरेको छैन ।

काठमाडौं उपत्यकामा सडक निर्माण लगायतको सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमै बोलाई समयसीमा निर्धारण गरी काम सम्पन्न गर्न भनिएको हो ।

काठमाडौंका ६, भक्तपुरका ४ र ललितपुरका ५ ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर अल्टिमेटम दिइएको हो ।
काठमाडौं जिल्ला अन्तर्गतका आयोजनाहरू

१) महांकाल-भृकुटीचोक-तेन्जीङचोक-फैका-आनीगुम्बा-चपली-बुढानीलकण्ठ सडक :

निर्माण व्यवसायी – तुदि/प्रेरा जेभी बागडोल ललितपुर

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ साल माघ मसान्तसम्म

२) साततले-भण्डारी गार्मेन्ट-आकाशेधारा बालुवाखानी सडक :

निर्माण व्यवसायी– दिवा/शैलङ्ग जेभी

३) आकाशेधारा-राममन्दिर-कृष्ण मन्दिर सडक :

निर्माण व्यवसायी– शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ फागुन १५ सम्म

४) सीतापाइला–रामकोट–भिमढुंगा सडक :

निर्माण व्यवसायी– आशिष सिएम जयबाबा जेभी

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ माघ मसान्तसम्म

५) पेप्सीकोला-ब्राहखेल सडक :

निर्माण व्यवसायी– महालक्ष्मी/वर्ल्डवाईड भण्डार धोदुङ जेभी

सम्पन्न गर्ने प्रतिबद्धता– २०८० असार मसान्तसम्म

६) मित्रपार्क-गौरीघाट-गुहेश्वरी-नयाँबस्ती-जोरपाटी सडक

निर्माण व्यवसायी– सुनकोसी/प्रजिल जेभी

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ माघ मसान्तभित्र कालो पत्रे गर्ने

भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरू

१) कमलविनायक बसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य :

निर्माण व्यवसायी– श्री लोहनी एण्ड ब्रदर्श/लालीगुराँस जेभी

२) मनोहरा खोला पुल-ईन्द्रायणी-चाँगुनारायण सडक-मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक निर्माण कार्य :

निर्माण व्यवसायी– श्री लामा विल्डर्स/साल्पा शेर्पा/जय बाबा गोरख जेभी

३) हनुमन्ते खोला-अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य :

निर्माण व्यवसायी– श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

४) लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य निर्माण व्यवसायी– श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

उल्लेखित आयोजनाहरूको सन्दर्भमा दुवैपक्ष फरफारक गर्न सहमत भएका छन् ।

 

ललितपुर जिल्ला अन्तर्गतका आयोजनाहरू

१) पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड :

निर्माण व्यवसायी– महर्जन निर्माण सेवा

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ चैत मसान्तभित्र (पुल बाहेक)

२) अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी ढुकुछाप दक्षिणकाली रोड :

निर्माण व्यवसायी– ड्रागन–महर्जन जेभी, काठमाडौं ।

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ चैत्र मसान्तसम्म

३) अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङ्ग–मानेडोभान रोड :

निर्माण व्यवसायी– पि.एमं/महर्जन जेभी, ललितपुर

सम्पन्न गर्ने प्रतिबद्धता– २०७९ चैत्र मसान्तसम्म

४) स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर म.न.पा. १५, खुमल्टार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर :

निर्माण व्यवसायी– रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।

निर्माण सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ चैत्र मसान्तसम्म ।

५) कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला :

निर्माण व्यवसायी– महर्जन निर्माण सेवा, ललितपुर ।

निर्माण सम्पन्न गर्ने प्रतिबद्धता– २०८० असार मसान्तसम्म ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने

काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending