Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

तोरीखेतीमा कृषकको आकर्षण

खबरडबली संवाददाता

झापा । बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । 

चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उहाँहरुलाई मल, बीउ, उपकरण र सिँचाइका लागि सहयोग पु¥याउन थालेको छ । 

युवा कृषक नेपालले छ बिघा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो । गत वर्ष केही बिघामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपालि चार बिघा जमिनमा खेती विस्तार गरेको उहाँले बताए। तोरी नपाक्दै किन्न आउनेको घुइँचो लागेको छ । 

“करिब पाँच हजार केजी फल्छ होला,” उहाँले भन्नुभयो, “एक हजार केजी तरहराको सरकारी बीउबिजन केन्द्रले बीउ विस्तारलाई लैजाने भएको छ । पैँतीस सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु ।” वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिङ्गो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताए। यहाँका हरेक कृषक परिवारले हिउँदमा खेतमा तोरी फलाउने गरेका छन् । “२० देखि ५० मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा”, उनले भने ।  

सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिघासम्म तोरी खेती लगाएको छन् । यसपालि मौसमी अनुकूलताले बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए । 

तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएकाले सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि एक हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिए ।

उनलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो । अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्तालाई तोरी बिक्री गर्दै आएका छन् । दुहागढीमा दुईवटा तोरी पेल्ने मिल सञ्चालनमा छन् ।

वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार बिघाभन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन् । हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिँचाइको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रतिबिघा सामान्यतया आठ सय केजीका दरले तोरी उत्पादन हुन्छ । यसपालि उत्पादकत्व बढ्ने उहाँको अनुमान छ । 

कोरोनाकालमा अग्र्यानिक उत्पादनले बजार पाएको र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य वृद्धि भएपछि नेपाली किसानले तोरीको भाउ सोचेभन्दा बढी नै पाइरहेका छन् । विगत दुई वर्षमा बजारमा तोरीको तेलको भाउ दोब्बरले बढेको छ ।

पहिला पहिला जस्तो खेत बाँझो राख्ने चलन हराउँदै गएको छ भने विदेशबाट फर्केका र व्यावसायिक कृषि जीवन अपनाइरहेकाहरु धमाधम ठूलो मात्रामा तोरी खेतीतर्फ आकर्षित भएको देखिन्छ ।

कृषि ज्ञान केन्द्रका शिवाकोटीले तोरी खेतीमा लगानी र जनशक्ति कम लाग्ने उल्लेख गर्दै आम्दानी बढी हुने थाहा पाएपछि किसान आफ्नो जग्गा नभए भाडामा लिएर तोरी खेतीमा लागेको बताए । तोरी छरेको तीन महिनाभित्रमै पाक्ने र झापाको माटो धान, मकै, सुपारीजस्तै तोरीका लागि उर्वरभूमि रहेको उनले बताए। 

झापामा आर्थिक वर्ष २०७६÷७७ मा तीन सय ११ हेक्टरमा तोरी खेती भएको थियो भने २०७८÷७९ मा बढेर तीन सय २० हेक्टरमा व्यावसायिक खेती भएको थियो । चालू आवमा तोरी खेती भएको क्षेत्रफल झापामा पाँच सय पुग्ने आङ्कलन गरिएको छ । 

अर्जुनधारामा पनि लहलह 

अर्जुनधारा नगरपालिकाले नगर सहकारीमार्फत तोरी खेती प्रवद्र्धन गरिरहेको जनाएको छ । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रत्युश रानाले तोरी खेतीका लागि यस वर्ष दुई सय ७० केजी उन्नत जातको बीउ वितरण गरेको बताउनुभयो । सहकारीले किसानबाट उत्पादित तोरी खरिद गरेर आगामी वर्ष नगरलाई तोरीको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

नगरमा यस वर्ष १० हजार केजी तोरीको उन्नत जातको बीउ सङ्कलन गर्ने सहकारीले जनाएको छ । झापाका शिवसताक्षी, कमल लगायतका स्थानीय तहले समेत तोरी खेती प्रवद्र्धनमा लगानी गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्रका आधारमा अनुदान र सहुलियत उपलब्ध गराउँदै आएको छ । अन्य खेतीको तुलनामा तोरी खेतीबाट किसान बढी लाभान्वित भइरहेका छन् । चार बिघामा तोरी खेती गर्दा करिब रु एक लाख जति खर्च हुने र आम्दानी रु पाँच लाखभन्दा बढी नै हुने कृषक नेपालले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending