काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भुमिका सम्पन्न भएको बताएका छन् ।
साउदी अरेबियामा अल नसरका समर्थकहरुलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए ।
‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो ।’
प्रसिद्ध पोर्चुगिज स्टार ‘सिआर–७’ हेर्न रियादको म्रसुल पार्कमा समर्थकहरू भेला भएका थिए ।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि साउदी अरेबियाको क्लबमा सामेल भएका फरवार्ड सूट लगाएर स्टेडियममा आएका थिए ।
‘उनीहरू (मेरो परिवार) खुसी छन् । जब म मेरो निर्णय लिन्छु, मेरो परिवारले मलाई सधैं समर्थन गर्छ, विशेष गरी मेरा बच्चाहरू र मेरी श्रीमतीले पनि’ उनले थपे ‘म धेरै खुसी छु, हिजोको स्वागत अचम्मको थियो । हामी यहाँ राम्रो महसुस गरेका छौ । मानिसहरू म र मेरो परिवारसँग मायालु छन् त्यसैले म साँच्चै गर्व गर्छु ।’
क्लबले उनलाई बार्षिक रुपमा २ सय मिलियन पाउन्ड खर्च गर्नेछ ।
रोनाल्डोको टोली अल नसर साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको छ । उसले ११ खेलमा ८ जित र २ बराबरीका साथ २६ अंक बटुलेको छ ।
१ खेल कम खेलेको अल–शबाब भन्दा एक अंकले अगाडि छ । प्रिमियर लिग जस्तै साउदी प्रो लिगको सिजन मेको अन्त्यमा समाप्त हुनेछ ।
लिगको विजेता एएफसी च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: