सप्तरी । सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ ।
पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला र गरेको हो । साथै आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए ।
बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ ।
शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही रु २० हजार जरिवाना गर्ने फैसला भएको छ ।
निजहरू सबैबाट समेत जनही रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताए।
सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ । बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई बालक अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधारगृह वीरगञ्जमा छन् ।
सोही घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । अर्का फरार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ ।
प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई २०७७ भदौ ३० गते नै पक्राउ गरेको थियो । उनीहरु जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए ।
प्रहरीले राजविराजबाट २०७७ पुस ६ गते शत्रुघनलाई पक्राउ गरेकामा अदालतको आदेशानुसार पुस ८ गते रु दुई लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।
आफ्नो धानखेतमा पानी हेर्न गएकी बालिकामाथि २०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो । बलात्कारको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन भदौ ३० गते उनले आत्महत्या गरेकी थिइन् ।
सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेको भन्दै पीडितकी आमाले उजुरी दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: