काश्मिर । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ ।
मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई नियन्त्रण गर्दछ ।
काश्मिरमा करिब ५० लाख भारतीय सैनिक तैनाथ छन् र यसको दक्षिणी भाग जम्मुमा अधिकांश हिन्दू र तुलनात्मक रूपमा शान्तिपूर्ण छ ।
तर भारत विरोधी विद्रोहीको आशङ्कामा दुई बन्दुकधारीले आइतबार दुर्गम गाउँ डाङ्ग्रीका घरहरूमा गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरी अधिकारी मुकेश सिंहले सञ्चारकर्मीहरूलाई बताउनुभयो ।
काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजन गर्ने नियन्त्रण रेखा ९एलओसी० नजिकको क्षेत्रमा प्रहरी र सुरक्षा बलले आक्रमणकारीको खोजी कार्य सुरु गरेका बताइएको छ ।
सोमबार एउटा घर नजिकै भएको विस्फोटमा परी सात वर्षीय बालक र अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने शर्तमा अर्का एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।
नजिकै एउटा विस्फोट नभएको विस्फोटक पदार्थ पनि फेला परेको र विशेषज्ञ टोलीले त्यसलाई निस्क्रिय पारेको अधिकारीहरूले बताएका छन् ।
जम्मु शहरको एक चेकप्वाइन्टमा सरकारी सेना र संदिग्ध विद्रोहीबीच बुधबार भएको गोली हानाहानपछि केही व्यक्तिको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार चार जना संदिग्ध विद्रोहीको मृत्यु भएको छ भने ट्रकका चालक फरार छन् ।
अधिकारीहरूका अनुसार गत वर्षभरी काश्मिर क्षेत्रमा भएका भिडन्तमा कम्तीमा १७२ जना संदिग्ध विद्रोही र २६ जना सशस्त्र बलका जवान मारिएका थिए ।
भारतीय काश्मिरमा पाँच वर्षभन्दा बढी समयदेखि निर्वाचित सरकार छैन र सन् २०१९ देखि नयाँ दिल्लीको प्रत्यक्ष नियन्त्रण छ ।
भारतले नियमित रूपमा पाकिस्तानलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गर्दै आएको छ । पाकिस्तानका अनुसार उसले आत्मनिर्णयको अधिकारको लागि कश्मीरको संघर्षलाई कूटनीतिक समर्थन मात्र प्रदान गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: