Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

बागमती प्रदेशसभाको बैठक : देशको सार्वभौमसत्ता र राष्ट्रियताको संवद्र्धनमा सबै दल एक हुनुपर्ने

खबरडबली संवाददाता

बागमती । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताएको छन् । 

बैठकको प्रथम वक्ता नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेपाली कांग्रेस देशको सार्वभौमसत्ता र राष्ट्रियताको दीगो संरक्षणको लागि सधैँ मन, वचन र कर्मले प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै जनप्रतिनिधिहरूले जनताको लागि नै सेवाभाव र उत्तरदायित्व बोध गर्न सके प्रदेशमा पनि सुशासन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा ९एमाले० का संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा विकासको पूर्वाधारलाई अगाडि बढाउन सङ्घीय सरकारले प्रदेश सरकारलाई समन्वयात्मक भूमिकामा सहयोग प्रदान गर्नुपर्ने खाँचो आँैल्याए ।

बैठकमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको हिमाल, पहाड र भित्रि मधेसमा विकासको पूर्वाधारलाई गतिशील प्रदान गर्न राजनीतिक दलमा इमान्दारी आवश्यकरहेको बताए । 

बैठकमा राप्रपाका संसदीय दलका नेता उद्धव थापाले राप्रपाको पहिचान, नीति र सिद्धान्त फरक भए पनि देशको राष्ट्रियता र सार्वभौमसत्तालाई जीवन्त राख्न सबै राजनीतिक दलबीच आपसमा समन्वय र सहकार्य हुनुहपर्ने खाँचो औँल्याए। 

नेकपा ९एकीकृत समाजवादी०का नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले निजामति कर्मचारको मनोबल उच्च पार्न निजामति ऐनलाई अब नयाँ सोर्चा र चिन्तनबाट वर्तमान प्रदेशसभाले पारित गर्नेतर्फ गृहकार्य गर्दै रहेको जानकारी दिए ।

त्यस अवसरमा नेमकिपाका प्रतिनिधि सृजना सैजुले प्रदेशभित्र सुशासन ल्याउन र जनताप्रति उत्तरदायित्व बोध गर्ने क्रममा बहुदलीय व्यवस्था स्थापना भएदेखिनै हालसम्म नेमकिपाले सरकारमा समावेश नभएको उल्लेख गरे।

उक्त अवसरमा हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यले बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रदेशको हिमाली भेग रसुवासम्म जोड्ने सडकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै जनप्रतिनिधिले विकास निर्माणको क्रममा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ इमान्तारीपूर्वक लाग्नुपर्ने बताए ।

उक्त बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रस्तुत गर्नुभएको प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा सर्वसम्मतिबाट पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक पुस २९ गते दिनको ११ बजे बस्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending