Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

मध्यपहाडीमा ४४ पुल निर्माण गर्न र १९ पुलको ठेक्का बाँकी

खबरडबली संवाददाता
काठमाडौ । पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो । 
 
मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा पुल एक सय ३७ रहेकामा हालसम्म ९३ पुल सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा १९ पुलको ठेक्का आह्वान गर्नुपर्नेमा चालू आवमा नै ठेक्का आह्वान गरेर  निर्माणमा जाने आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो । 
 
निर्माणाधीन पुल २५ मध्ये पनि कतिपय पुल सम्पन्न हुने अवस्थामा पुग्न लागेको उहाँको भनाइ थियो । सूचना अधिकारी सुरजले भन्नुभयो, “यो आवमा १८ पुल निर्माण गरिसक्ने लक्ष्य छ ।” ठूला पुल बन्न लामो समय लाग्ने भए पनि अहिले सो राजमार्गमा निर्माणमा जानुपर्ने ठूला सडक नभएको र  अहिले बनाउन बाँकीमा पनि लामो लामो पुल नभएकाले राम्रो काम गर्नसक्ने निर्माण कम्पनी आएमा एकै याममा सम्पन्न गर्न सकिने उनले जानकारी दिए। 
 
सूचना अधिकारी सुरजले भन्नुभयो, “साना २०÷२५ मिटर लामा पुल भएकाले एकै याममा सकिन्छ ।” 
निर्माण व्यवसायीले काम सरासर नगर्दा मात्रै लामो समय लाग्ने हुन्छ  । थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुवैका लागि पर्याप्त नभएको र अझै पनि कतिपय सडक खण्डमा रेखाङ्कन टुङ्गो लगाउन बाँकी सूचना अधिकारी सुरजले उल्लेख गरे।  
 
भेरी पुलमा ठेक्का तोडिएकाले नयाँमा जाँदा समय लाग्ने भएको छ र यहाँ पुलको लम्बाइ एक सयभन्दा बढी लामो भएकाले समय लाग्ने तर अरुतिर पुलको लम्बाइ कम रहेको उनको भनाइ थियो ।  
 
मध्यपहाडको समृद्धिका आधारका रुपमा रहेको यस राजमार्गको निर्माण सुरु भएको डेढ दशकमा ६४ प्रतिशत सकिएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाँघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने ९रेखाङ्कन० गर्नेमै अन्योल रहेको छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन गरिएको थियो । ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएकोसूचना अधिकारी सुरजले बताए । केही समय पहिलेसम्म कास्कीमा पनि रेखाङ्कन गर्न  अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उहाँले जानकारी दिए।  
 
चालू आवमा मात्रै ३५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र एक सय ३४ दशमलव पाँच किमी सडक निर्माणका लागि ठेक्का गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ  तर धेरै खण्डमा ठेक्का लगाउन बाँकी नभएको आयोजनाले जनाएको छ । 
 
पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको यो मार्ग निर्माण भए मध्यपहाडका नागरिकको जीवन सहज हुने, नयाँ सहर निर्माण हुने र पूर्वपश्चिम राजमार्गको चाप कम हुने अनुमान गरिएको छ । सरकारले आव २०६९÷७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending