Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

कांग्रेस-माओवादी अविश्वास बढ्दा सरकार गठनमा एमालेको भूमिका कस्तो होला ?

खबरडबली संवाददाता

काठमाडौं । नयाँ सरकार निर्माणका लागि दिनगन्ती सुरु भएसँगै आगामी सरकारको नेतृत्वबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अविश्वास उत्पन्न हुन थालेको सङ्केत ती दलका नेताहरूले दिएका छन्।

यससँगै सरकार निर्माणमा दोस्रो ठूलो दल नेकपा एमालेको सम्भावित भूमिकाबारे पनि अनुमान गर्न थालिएको छ।

प्रतिनिधिसभामा बहुमत पुर्‍याउन केही साना दलहरूको समर्थन सुनिश्चितजस्तै देखिइसकेको भए पनि सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी दुवैले प्रयास गरिरहेका छन्।

प्रतिनिधिसभा निर्वाचनअघि आगामी सरकारको नेतृत्वमा विवाद नगर्ने वाचा गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो प्रतिबद्धतामा अडिग रहलान् त? यसबारे पनि आशङ्का सुरु भएको छ।

दुवै एमालेसँग छलफलमा

सार्वजनिक अभिव्यक्तिमा गठबन्धनलाई एक ढिक्का राख्ने दोहोर्‍याइरहेका देउवा र दाहालले आफू निकटका नेताहरूको माध्यमबाट नेकपा एमालेको नेतृत्वसँग पनि छलफल सुरु गरेका छन्।

“संस्थागत रूपमा नभए पनि व्यक्तिगत रूपमा कांग्रेसका नेताहरूले पनि र माओवादीका नेताहरूले पनि भेटिरहनुभएको छ। तर संस्थागत रूपमा उहाँहरूले गठबन्धनलाई नै टिकाइराख्ने निर्णय गर्नुभएको छ,” एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र माओवादी नेताहरूसँग भेटवार्ता भइरहेको पुष्टि गर्दै भने।

“गठबन्धन अघि नबढ्ने भयो नभन्दासम्म यो विषय उहाँहरूको निजी चासो र चिन्ताको विषयजस्तो मात्रै देखिन्छ।”

कांग्रेस र माओवादी नेताहरूको बाक्लिँदै गएको भेटवार्तालाई अहिलेलाई गठबन्धनभित्र “मोलमोलाइको” दृष्टिले मात्रै आफूहरूले हेरिरहेको एमाले नेताहरू बताउँछन्।

कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि माओवादीले अघि बढायो एमालेसँग सरकार गठनबारे छलफल

प्रतिनिधिसभामा ७८ सीट जितेको एमाले र कांग्रेस मिल्दा नयाँ सरकार निर्माणका लागि सहजै बहुमत पुग्छ। एमालेको र माओवाद सहित अरू केही साना दल मिलेर सरकार बनाउन पनि सम्भव छ।

“गणितीय हिसाबले चाहिँ सत्ता गठबन्धन नै सरकार बनाउन सक्ने सम्भावना देखिएको हुनाले हामी पर्ख र हेरको अवस्थामा छौँ,” एमाले उपमहासचिव ज्ञवाली भन्छन्।

गठबन्धन एकजुट हुँदासम्म एमालेलाई सरकार गठनमा अग्रसरता लिन अप्ठ्यारो छ।

तर गठबन्धनमा भागबन्डा नमिलेको अवस्थामा एमाले आफ्नो नेतृत्वमा वा त्यो नभए नेतृत्व अरूलाई दिएर भए पनि सरकार निर्माणको खेलमा उत्रन सक्ने धेरैको आकलन छ।

एमालेले अहिलेको गठबन्धन भत्काउने सर्तमा कांग्रेस वा माओवाद सहितका दलहरूसँग सहकार्य गर्न सक्ने एमाले नेताहरू बताउँछन्।

“हामी परिस्थिति आउँदा निकास दिने पक्षमा छौँ तर अरूको महत्त्वाकाङ्क्षाको काँध हालेर हामी कसैको सवारी चाहिँ बन्दैनौँ,” ज्ञवालीले भने।

प्रधानमन्त्री र राष्ट्रपतिमा कांग्रेसको दाबी

निर्वाचन परिणामपछि माओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरिरहेको छ।

“स्वाभाविक रूपमा सबभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ छ,” कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बीबीसीसँग भने।

तर सरकारको नेतृत्व र राष्ट्रपतिमा भागबन्डाबारे कुनै निर्णय वा गम्भीर छलफल नभएको स्पष्ट पार्दै महतले भने, “कांग्रेस ठूलो अन्तरले ठूलो दल छ। त्यस कारणले राष्ट्रपतिमा पनि दाबी गर्नु अस्वाभाविक हुँदैन।”

प्रधानमन्त्री नछोड्ने कांग्रेस नेताहरूको अभिव्यक्ति र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे भइरहेका चर्चाका कारण माओवादी नेताहरू कांग्रेससँग झस्किएका छन्।

राजनीतिक प्रणालीमा गैरराजनीतिक नेतृत्व हुने कुरा “अवधारणागत रूपमै त्रुटिपूर्ण” हुने भन्दै माओवादी महासचिव देव गुरुङले त्यस्तो प्रस्तावमा आफ्नो दल सहमत नहुने बताए।

“यो व्यवस्थाको लागि सबैभन्दा बढी त्याग र बलिदान गरेको त माओवादी नै हो। यसको मुख्य हिस्सेदार वा यसको मुख्य प्रस्तावक त गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै हो। त्यस कारण मुलुकको सिस्टममाथि चुनौती पैदा भएको अवस्थामा नेतृत्व गर्न सक्ने व्यक्ति नै अघि बढ्ने हो,” उनले भने।

गुरुङ हालै एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए। तर बीबीसीको जिज्ञासामा उनले ओलीसँग भएको छलफलबारे विस्तृतमा खुलाएनन्।

“त्यो सामान्य शिष्टाचार मात्रै हो। उहाँलाई बधाई दिन गएको हुँ,” उनले भने।

प्रधानमन्त्री देउवा

गठबन्धनकै सरकार बन्ला?

आगामी सरकार गठबन्धनकै बन्छ भन्नेमा कांग्रेस र माओवादी दुवै दलका नेताहरू पछिल्लो समय ढुक्न पर्न सकेका छैनन्।

माओवादी नेता गुरुङले कांग्रेससँग एजेन्डाकै विषयमा छलफल हुन बाँकी रहेको बताए।

“नेतृत्वमा को भन्ने व्यक्ति हेरेर निर्णय गर्ने कुरा होइन। पहिले एजेन्डामा छलफल भएर एउटा टुङ्गोमा पुगेपछि व्यक्तिबारे छलफल गर्न सकिएला,” उनले भने।

कांग्रेस प्रवक्ता समेत रहेका तथा प्रधानमन्त्री देउवाका विश्वासपात्र महतले गठबन्धनकै सरकार बन्ने दाबी गरे। “अहिले हाम्रो यही विश्वास हो,” उनले भने।

“हामी त्यसमा प्रतिबद्ध छौँ। सहभागी अरू दलहरू पनि त्यो कुराबाट विचलित हुनु हुन्न भन्ने आशा र विश्वास छ।” गठबन्धनमा अप्ठ्यारोको लक्षण नदेखिएको दाबी गर्दै विकल्पबारे सोचिनसकेको उनको दाबी छ।

माओवादी केन्द्रसँग तालमेल गरेर वाम गठबन्धन वा कांग्रेससँग सहकार्य गरेर लोकतान्त्रिक गठबन्धन बन्नेमा एमाले पनि विश्वस्त नभएको ज्ञवाली बताउँछन्। “हामी कांग्रेस र माओवादी दुवैसँग समदूरीमै छौँ,” उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश पठाइदिन्छु भन्दै ८० लाख ठगेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्व...

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री, आजैदेखि चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्।  ...

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय ज...

चिनियाँ टोलीको अध्ययनपछि दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि, कति निकाल्न सकिन्छ ?

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिक...

प्रतिमतदाता १,०११ रुपैयाँ खर्च

काठमाडौं । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनु...

बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भए...

जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुर...

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार,...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । ज...

शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE