Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

राष्ट्रपतिले दलहरूलाई सरकार गठनका लागि दिएको समय घर्किदै, प्रधानमन्त्रीबारे अनिर्णित

खबरडबली संवाददाता

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि दलहरु छलफलमा जुटेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन्।

राष्ट्रपतिको आह्वानपछि दलहरु संसदीय दल नेता चयन गरेर सरकार गठनमा जुटेका छन्। दलहरूले संसदीय दलको नेता चयन गरिसके तर को प्रधानमन्त्री बन्ने भन्ने विषय ‍औपचारिक रूपमा छलफल गरेका छैनन्। 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूलाई दिएकी छन्। 

यो समयभित्रै नयाँ सरकार बन्नेमा सत्ता गठबन्धनमा रहेका दलका नेताहरू ढुक्क छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनले पुस १० भित्र नयाँ सरकार बनाउने बताए। 

बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल भएको छ। 

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे कुराकानी भएको थियो। 

गठबन्धनबाट देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन्।   चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले अब बन्ने सरकारको नेतृत्व प्रचण्डले आफुले पाउनुपर्ने अडान राखेका छन्। तर, देउवा प्रचण्डको कुरामा सकारात्मक भएपनि संस्थापनइतर पक्षले नेतृत्व छाड्न नहुँने दबाब बढाइरहेको छ। 

गठबन्धनबाट प्रधानमन्त्री नपाए प्रचण्डले अर्को विकल्पमा जानेबारे पनि तयारी थालेका छन्। माओवादी नेता बर्षमान पुन कांग्रेसले प्रधानमन्त्री नदिए एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कसरतमा लागेका छन्। त्यसमा एमालेले पनि सकारत्मक सन्देश दिएको बुझिएको छ। 

प्रचण्डलाई प्रधानमन्त्री छाडेर राष्ट्रपति र सभामुख लिन एमाले भित्रि रुपमा तयार रहेको स्रोतको दाबी छ। तर, नेताहरुले त्यो बिषयमा खुलेर बोलेका छैनन्। 

प्रचण्ड प्रधानमन्त्री !

यता, नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व प्रचण्डले गर्ने दाबी गरेका छन्।

शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताएका थिए।

उनले भनेका थिए, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’

प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भनेर आफूहरूले दाबी नगरेको उल्लेख गर्दै गठबन्धन दलमा सल्लाह भएको तर्क गरे। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए।

उनले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending