Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

खोटाङको बाक्सिला बजारका आगलागी पीडितका लागि राहत सङ्कलन सुरु

खबरडबली संवाददाता

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुरु गरिएको हो । 

बाक्सिला बजारमा मङ्गलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम सङ्कलन गरिएको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताए । “सङ्कलन भएको रकममध्ये रु दुई हजार आठ सय खाता खोल्न राखेर बाँकी रहेको रु चार लाख ५२ हजार दुई सय ९५ रकम मङ्गलबार नै अग्निपीडित परिवारलाई वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट पीडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही रु ५० हजार दुई सय ५५ का दरले राहत रकम वितरण गरिएको हो ।”

उता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पनि अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । रेडक्रसले घटनास्थल पुगेर छुट्टाछुट्टै एक÷एक थान त्रिपाल, दुई÷दुई थान कम्बल, एक÷एक थान म्याट्रेस, एक÷एक सेट भाडा, ३।५ मिटर सर्ट कपडा, एक÷एक थान साडी, सात÷सात मिटर प्रिन्ट कपडा, दुई÷दुई मिटर सादा कपडा, चार÷चार मिटर सट कपडा र एक÷एक सेट बकेट प्रदान गरेको हो । 

यस्तै, रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पीडित परिवारलाई एक÷एक थान सिरक प्रदान गरेको छ । रेडक्रसका तर्फबाट उपलब्ध गराइएका राहत सामग्री गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, गाउँपालिका उपप्रमुख गुरुराज राईले हस्तान्तरण गर्नुभएको हो । बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ एकद्वार प्रणालीमार्फत सहयोग सङ्कलन अभियान सुरु गरिएको छ । आगोले व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभी र स्काभेटर लगाएर भत्काइएको थियो ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गुरुङको घरबाट सुरु भएको आगोले एकापसमा जोडेर बनाइएका अन्य घर पनि जलाएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुङ्गा मोटोले बनेको परम्परागत घर रहेको बाक्सिला बजारमा विद्युत् सर्ट हुँदा आगलागी भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार अहिले आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । 

विस्थापित परिवारको तत्काल पुनः स्थापना गर्ने र आवश्यक राहत उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको छ । घटनालगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकारलगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैबीच, प्रदेश नं १ सरकारले बाक्सिला बजारका अग्निपीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउने र कानूनबमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा भएको क्षतिको विवरण सङ्कलन गरेर सम्बन्धित ठाउँमा पठाइएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending