Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

खबरडबली संवाददाता

महेन्द्रनगर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ ।

केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध ओसारपसारमा संलग्न युवक मारिएका थिए । कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा सयौँ युवायुवतीलाई पक्राउ गरी धमाधम कारबाही गरिरहेको भए पनि दुव्र्यसन र ओसारपसारमा कमी भने देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै बितेको पाँच महिनामा पाँच भारतीय नागरिकसहित ८७ जना लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको बताए ।

पक्राउ परेका ८७ मध्ये पाँच भारतीय, चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार पक्राउपर्ने अधिकांश युवापुस्ताका बढी छन् । प्रहरीले चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा छ किलो चार सय २७ ग्राम चरेस र २६२।८८ ग्राम खैरो हिरोइनसमेत अभियुक्तबाट बरामद गरेको छ ।
“जिल्ला प्रहरीमा आउने मुद्दमा मात्रै ३० प्रतिशत लागुऔषधसम्बन्धी नै छन् ।” उनले भने, “ लागुऔषध प्रयोगबाट अरु आपराधिक घटना घटिरहेका हुन्छन् ।”

लागुऔषध नियन्त्रणका लागि विभिन्न युनिटलार्य सीमा क्षेत्रमा समेत सक्रिय गराएको कञ्चनपुर प्रहरीको नेतृत्व नै अहिले वडास्तरसम्म पुगेर लागुपदार्थ दुव्र्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी स्वयं लागुपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा प्रहरी र कतिपय स्थानमा पालिकासित समन्वय गरेर पनि विद्यार्थीदेखि गाउँ समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने, “लागुऔषध नियन्त्रण र सन्ततिलाई लतबाट टाढा राख्न अभिभावक पनि स्वयं जिम्मेवार हुन आवश्यक छ ।”

यहाँस्थित लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपाल प्रदेश संयोजक मदन चन्द पनि लामो समयदेखि यहाँ विद्यालय सचेतना कक्षा सञ्चालन गरिरहेका छन् । उनले युवापुस्तालाई दुव्र्यसनबाट रोकथाम गर्न घरमा अभिभावकदेखि विद्यालयमा शिक्षकसम्मको सहजीकरण आवश्यक रहेको बताए ।

“भारतीय खुला सीमा नाकाबाट खैरो हिरोइन आयात भइरहँदा भारतीय निकायबाट पनि कडाइ हुनेगरी सरकारले छलफल गर्न आवश्यक छ”, उनेले भने, “राज्यले अहिले यो विषयमा गम्भीर नभए पछिको पुस्ता नै दुव्र्यसनमा फस्दै जाने डरलाग्दो अवस्था छ ।”

उनले वडादेखि पालिकासम्म कक्षा सञ्चालनका लागि बोलावट भइरहको बताए । “ निर्वाचनका कारण धेरै ठाउँमा पुगेर कक्षा सञ्चालन गर्न सकिएन”, उनले भने, “अब पुनः सरोकारवाला निकायसित सहकार्य गरेर अभियान सञ्चालन गर्छौं ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending