Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

खबरडबली संवाददाता

महेन्द्रनगर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ ।

केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध ओसारपसारमा संलग्न युवक मारिएका थिए । कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा सयौँ युवायुवतीलाई पक्राउ गरी धमाधम कारबाही गरिरहेको भए पनि दुव्र्यसन र ओसारपसारमा कमी भने देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै बितेको पाँच महिनामा पाँच भारतीय नागरिकसहित ८७ जना लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको बताए ।

पक्राउ परेका ८७ मध्ये पाँच भारतीय, चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार पक्राउपर्ने अधिकांश युवापुस्ताका बढी छन् । प्रहरीले चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा छ किलो चार सय २७ ग्राम चरेस र २६२।८८ ग्राम खैरो हिरोइनसमेत अभियुक्तबाट बरामद गरेको छ ।
“जिल्ला प्रहरीमा आउने मुद्दमा मात्रै ३० प्रतिशत लागुऔषधसम्बन्धी नै छन् ।” उनले भने, “ लागुऔषध प्रयोगबाट अरु आपराधिक घटना घटिरहेका हुन्छन् ।”

लागुऔषध नियन्त्रणका लागि विभिन्न युनिटलार्य सीमा क्षेत्रमा समेत सक्रिय गराएको कञ्चनपुर प्रहरीको नेतृत्व नै अहिले वडास्तरसम्म पुगेर लागुपदार्थ दुव्र्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी स्वयं लागुपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा प्रहरी र कतिपय स्थानमा पालिकासित समन्वय गरेर पनि विद्यार्थीदेखि गाउँ समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने, “लागुऔषध नियन्त्रण र सन्ततिलाई लतबाट टाढा राख्न अभिभावक पनि स्वयं जिम्मेवार हुन आवश्यक छ ।”

यहाँस्थित लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपाल प्रदेश संयोजक मदन चन्द पनि लामो समयदेखि यहाँ विद्यालय सचेतना कक्षा सञ्चालन गरिरहेका छन् । उनले युवापुस्तालाई दुव्र्यसनबाट रोकथाम गर्न घरमा अभिभावकदेखि विद्यालयमा शिक्षकसम्मको सहजीकरण आवश्यक रहेको बताए ।

“भारतीय खुला सीमा नाकाबाट खैरो हिरोइन आयात भइरहँदा भारतीय निकायबाट पनि कडाइ हुनेगरी सरकारले छलफल गर्न आवश्यक छ”, उनेले भने, “राज्यले अहिले यो विषयमा गम्भीर नभए पछिको पुस्ता नै दुव्र्यसनमा फस्दै जाने डरलाग्दो अवस्था छ ।”

उनले वडादेखि पालिकासम्म कक्षा सञ्चालनका लागि बोलावट भइरहको बताए । “ निर्वाचनका कारण धेरै ठाउँमा पुगेर कक्षा सञ्चालन गर्न सकिएन”, उनले भने, “अब पुनः सरोकारवाला निकायसित सहकार्य गरेर अभियान सञ्चालन गर्छौं ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

टुँडिखेलमा यसरी मनाइयो ‘विश्व ध्यान दिवस’

काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...

रास्वपाको केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...

सप्तरीको कञ्चनरुपमा आगलागीपछि झडप: दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...

नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending