किएभ । युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
रुसी आक्रमणलाई विफल पारिए पनि ड्रोनका केही भग्नावेशषबाट पाँचवटा भवनमा क्षति भएको तर कुनै मानवीय क्षति नभएको पनि उनीहरूले बताएका छन् । केही सातायता युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधार एवम् सर्वसाधारणलाई लक्ष्य गरी आक्रमण जारी राखेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आतङ्कवादीले इरानमा निर्मित १३ वटा ड्रोनहरू प्रहार गरेका तथा सबैलाई रोकिएको बताएको छन् । बिहानको समयमा गरिएका आक्रमणपछि हिउँले ढाकिएको राजधानी प्राय शान्त रहेको अधिकारीहरूले बताएका छन् ।
किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई विफल तुल्याइए पनि ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चारवटा आवासीय भवनमा क्षति भएको बताए । केन्द्रीय शेभचेन्किभस्की जिल्लामा रहेको एउटा तीनतले कर कार्यालय भवनको छतमा प्वाल परेको तथा रोकेर राखिएका सवारी साधनका शिशा फुटेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: