Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सरकार र संसद बीच समन्वय आवश्यक : अध्यक्ष तिमिल्सिना

खबरडबली संवाददाता
काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएको छन् । १६औँ सङ्घीय संसद् दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने । 
 
“सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु बुझ्ने बुझाउनुपर्ने हुन्छ”, उनले भने, “भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद् सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्छौँ ।” अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आम जनताले राखेको आकाङ्क्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताए। 
 
“संसद् अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढङ्गले चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय पुराना सांसद निर्वाचित हुनुभएको छ । कतिपयमा नयाँ ऊर्जा छ तर सिक्नुपर्ने अवस्था पनि छ, संसद्लाई प्रभावकारी बनाउन संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण छ ।” 
 
संसद् सेवालाई प्रभावकारी बनाउन सबै पक्ष हरदम रुपमा लाग्नुपर्ने उनको भनाइ थियो । “संसद् सेवाको स्वायत्ततालाई कसरी अझ प्रभावकारी बनाउने, यसको प्रभाकारितालाई जनमुखी बनाउने यी विषय सम्बोधन गर्न हामी लाग्नेछौँ”, उनले भने । 
 
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद् सेवालाई प्रभावकारी र जनमुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संसद् र समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन सबैको क्रियाशीलता आवश्यक रहेको बताए । 
 
सो अवसरमा उत्कृष्ट सेवा गर्ने संसद् सचिवालयका कर्मचारीलाई पुरस्कृत गरिएको थियो । रु एक लाख राशिको ‘सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार’ सचिवालयका उपसचिव सृजना बराल, रु ७५ हजार राशिको ‘उत्कृष्ट संसद् सेवा पुरस्कार’ शाखा अधिकृत बाबुराम बस्याल तथा जनही रु ५० हजार राशिको ‘संसद् सेवा पुरस्कार’ माली चन्द्रबहादुर नगरकोटी र खरिदार चन्द्रप्रसाद ढुङ्गानालाई प्रदान गरिएको थियो । 
 
यस्तै कार्यक्षमता मूल्याङ्कनमा उत्कृष्ट हुने कार्यालय सहयोगी सीता जिसी र रमेशराज गिरी, हलुका सवारी चालक मोहनकृष्ण नेपाली, माली हरिप्रसाद अधिकारी र कुचिकार विजय नेपालीलाई जनही रु पाँच÷पाँच हजारले पुरस्कृत गरिएको थियो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले सचिवालयले प्रकाशन गरेको ‘सङ्घीय संसद् सेवा’ स्मारिका विमोचन गरेको थीए । 
 
कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । सो अवसरमा दिवसका अवसर पारेर आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । संसद् सेवा दिवसका अवसर पारेर रक्तदान, हाजिरीजवाफ, चेस, फुटबल र कविता प्रतियोगिता गरिएको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending