काठमाडौं । विश्वकीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलप्रतिको आफ्नो समर्पण परिवर्तन नभएको बताएका छन् ।
कतार विश्वकपमा क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले विश्वकप जित्नु आफ्नो करिअरको महत्वाकांक्षा रहेको बताए।
उनले आफूले थुप्रै अन्तर्राष्ट्रिय आयामहरुमा कीर्तिमान कायम गरेको भए पनि पोर्चुगललाई विश्वकप विजेता बनाउनु आफ्नो सपना रहेको उल्लेख गरेका छन् ।
वितेका १६ वर्षमा पाँच पटक विश्वकप खेल खेलेका उनले आफूले देशको निम्ति देखेको सपनालाई कहिल्यै नत्यागेको बताए ।
उनले आफ्नो त्यो सपनाको हिजो दुःखद अन्त्य भएको तर आक्रोशित प्रतिक्रिया दिनु उचित नहुने बताए ।
‘यसबारेमा धेरै भनिएको छ, लेखिएको छ, अनुमान गरिएको छ, तर पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन’, रोनाल्डोले लेखेका छन्, ‘अहिलेलाई धेरै भन्नु केही छैन, धन्यवाद पोर्चुगल, धन्यवाद कतार । लामो समयसम्मको सपना राम्रो थियो । आशा गरौं कि परिस्थिति सबैको असल मार्गदर्शक हुनेछ र हरेकलाई आफ्नो सपना पूरा गर्ने अनुमति दिनेछ ।’
पोर्चुगलले शनिबार भएको क्वाटफाइनलमा मोरक्कोसँग पराजय भोगेको थियो । उक्त खेलमा पोर्चुगलका कोचले रोनाल्डोलाई हाफ टाइमपछि मात्रै खेलाएको थिए । जसको अहिले विश्वव्यापी आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: