काठमाडौ । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रमा सङ्कट नभएको र समग्र अर्थतन्त्रका सूचकाङ्क पनि सुधारोन्मुख रहेको बताए । उनले अर्थतन्त्रमा देखिएका केही चुनौतीहरुलाई सामना गर्न सरोकारवालासँग छलफल र सहकार्य आवश्यक रहेको धाराा राखे ।
‘अर्थतन्त्र सङ्कटमा छ’ भन्नु बुझाइमा कमजोरी हो भन्दै उहाँले यस क्षेत्रमा देखिएका चुनौतीलाई निजी क्षेत्रसँगको सहकार्यमा समाधान खोजिनुपर्नेमा जोड दिए। अर्थमन्त्री शर्माले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्रमा सुधार भइरहेको उल्लेख गरे।
“नेपालको अर्थतन्त्र सङ्कटमा छैन, हाम्रा अगाडि केही चुनौती छन् ती चुनौती सामना गर्ने उपाय खोज्नुपर्छ तर, अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो । नेपालको मिश्रित खालको अर्थतन्त्र भएकाले तत्कालै सङ्कट र उचाइमा पुग्ने होइन”, उनले भने ।
यसअघि मुलुकको अर्थतन्त्रको सवाल र आगामी कार्यदिशाबारेको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएको छन् ।
उनले अर्थतन्त्रको समस्यालाई अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ ।
नेकपा ९एमाले०का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए ।
“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भन्नुभयो,“अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीतिगत र संरक्षनागत सुधार हुनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटमा अघि बढेपछि यसभित्र केही कमजोरी भएको बताए । “अर्थतन्त्रमा रहेका कमजोरी सुधार गर्न जरुरी छ, बजार सुधार्नेका लागि हामी खुला छौँ यसका लागि निजी क्षेत्रसँग छलफल र सहकार्य आवश्यक छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे समृद्धिको लक्ष्य सार्थक हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले नेपालले आर्थिक मुद्दालाई प्राथमिकतामा नराखेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै सरकार र निजी क्षेत्रको सहकार्य अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला गम्भीर हुनुपर्ने धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १३:५३
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर...
श्रावण १९ गते, २०८३ - १३:४५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। ...
श्रावण १९ गते, २०८३ - १३:३६
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मं...
श्रावण १९ गते, २०८३ - १३:२४
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन आवश्य...
श्रावण १९ गते, २०८३ - १३:१८
काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...
श्रावण १९ गते, २०८३ - १३:११
काठमाडौँ । भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले छिट्टै नेपाल आएर भगवान् श्री पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्ने इच्छा व्यक्त गरेको...
श्रावण १९ गते, २०८३ - १२:५५
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भ...
श्रावण १९ गते, २०८३ - १०:५९
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस अनियन्त्रित भई उखुबारीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना ...
श्रावण १९ गते, २०८३ - १०:४३
सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र ब...
श्रावण १९ गते, २०८३ - १०:२९
मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...



प्रतिकृया लेख्नुहोस्: