Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

निर्वाचन अपडेट: प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना सुरु

खबरडबली संवाददाता

गोरखा । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए  ।

बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उनले बताए ।

गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन्  ।

त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन्  । अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending