Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

संकटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

खबरडबली संवाददाता

पोखरा  । पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने संकटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । 

पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको लेखनाथमा आयोजित बगाले बगेडी चरा संरक्षणसम्बन्धी गोष्ठीमा बगाले बगेडी चरासम्बन्धी अनुसन्धानकर्ता अनिषा राणाले साइबेरियन क्षेत्रबाट जाडो छल्न नेपाल आउने उक्त प्रजातिको चरा विश्वव्यापी तथा  राष्ट्रियस्तरमै अत्यन्त न्यून सङ्ख्यामा रहेको जानकारी दिए । 

कात्तिक महिनाको अन्त्यमा नेपाल आउने आगन्तुक बगाले बगेडी चरा छ महिना नेपालमै बसेर जेठ महिनामा साइबेरियातर्फ नै फर्किने गर्छन् । पोखराका केही तालको सिमसार क्षेत्रमा यिनीहरूको वासस्थान रहने गरेको छ ।  

अनुसन्धानकर्ता राणाले भने, “सर्वेक्षण गरेअनुसार औसतरूपमा पोखराको फेवा तालमा दुई सय ३० वटा, गुँदे तालमा १२ वटा र खाष्टे तालमा १३ वटा बगाले बगेडी भेटिएको छ । अन्य छ वटा तालमा यो चरा भेटिएको छैन । सिमसार क्षेत्र, कृषि भूमि र घाँसे मैदानमा उक्त चराको वासस्थान रहने गर्छ । 

बगाले बगेडी चरा भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी अर्का अनुसन्धानकर्ता अमृत पौडेलले दिए । उनका अनुसार यो औसत तौल २२ ग्राम र लम्बाइ १४ देखि १६ सेन्टिमिटर भएको सानो चरा हो । जाडो मौसममा रुस, मङ्गोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । यसको औसत आयु सात वर्ष रहेको छ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । 

बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको जानकारी पौडेलले दिए । उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय पोखराका वन अधिकृत शालिग्राम पराजुलीले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिँदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पार्ने गरेको बताए । “वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो”, पराजुलीले भने । 

उक्त अवसरमा बगाले बगेडी चरा संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै  नेपालमा आठ सय ८६ प्रजातिका चरा अभिलेखीकरण भएको र विश्वमा ११ हजार दुई सय २५ प्रजातिका पक्षी हेको जानकारी दिइएको  थियो । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पन्छीलाई संरक्षित पन्छी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पन्छी हो ।

ग्रीष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका चरा जाडो छल्न नेपाल आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउनुका साथै ७९ प्रजातिका चरा भने फिरन्तेका रूपमा देखिने गरेका छन् । सन् २००४ देखि २०१७ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिइएको छ । 

पोखरामा नौ वटा ताल भए पनि यहाँ चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै जाने गरेको जानकारी पोखरा महानगरपालिकाका वातावरण अधिकृत निर्मलमानसिंह भण्डारीले दिए । 

सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै त्यस्तो चराको संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचो देखिएको गुँदे ताल संरक्षण समितिका अध्यक्ष वामदेव  ढुङ्गानाले बताए । बेगनासताल संरक्षण समितिका प्रतिनिधि कृष्ण ढुङ्गानाले स्थानीयस्तरमा ताल वरपरका बासिन्दालाई पक्षी मैत्री वातावरण सृजना गर्न जनतेतनामूलक कार्यक्रम दिनुपर्नेमा जोड दिए । 

नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले वातावरण र जैविक विविधताका बारेमा राजनीतिक दलका नेतालाई जानकारी गराई नीतिगत रूपमै सिमसार क्षेत्रको महत्त्वको बारेमा जानकारी दिनुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी दामोदरभक्त थापाले पर्यापर्यटनमा चराको ठूलो महत्त्व हुने भएकाले उनीहरूको वासस्थान जोगाई राख्न र हरेक वर्ष ती चरा नेपालमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । विकाससँगै विनाश पनि आएकाले सिमसार क्षेत्र मासिँदै गएको भनाइ उनको छ । 

पोखराका नौ वटै ताल फेवा, बेगनास, रुपा, खाष्टे, न्यूरेनी, मैदी, गुँदे, दिपाङ र कमल ताल चराका लागि संरक्षित स्थान भएकाले ती तालको वातावरण बिगार्ने काम मानवबाट हुन नहुने भनाई फेवा ताल संरक्षण समितिका भरतराज तिवारीको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending