Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गुल्मी-१ मा भण्डारी र ज्ञवाली पुरानै प्रतिस्पर्धी, कसलाई पर्ला पल्लाभारी ?

खबरडबली संवाददाता

गुल्मी । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका  जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए । 

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा (ख) मा ६१ हजार सात सय नौ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा  नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो । 

रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो । छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । 

यहाँ ५० वडा छन् । तेइस वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए । सत्ता गठबन्धनका २७ रनेकपा एमालेका २३ छन् ।

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा कांग्रेससहितको गठबन्धनको ३८ हजार सात सय ६२ मत छ । एमालेसहितको गठबन्धनको ३५ हजार आठ सय ८५ छ । जसमा एमालेभन्दा कांग्रेस गठबन्धन दुई हजार आठ सय ७७मतले अगाडि छ । 

यहाँ मुख्य कांग्रेसका डा चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेसका भण्डारीलाई निकै सहज छ । ठूलो दल कांग्रेसबाट भण्डारी उम्मेदवार रहेकाले माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले भण्डारीकै पक्षमा मत खसाल्न सहज छ तर एमालेले जित निकाल्नका लागि सत्तारुढ गठबन्धनको मत तान्न सक्नुपर्छ । जुन सम्भव नहुन पनि सक्छ । 

अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर सहज जित निकालेका ज्ञवालीलाई अहिले माओवादी–कांग्रेससँगै रहेकाले अझ बढी चुनौती छ ।

यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको १८ हजार दुई सय ९५ मत छ । एमाले र राप्रपा गठबन्धनको १६ हजार पाँच सय ५४ छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको सत्तारुढ गठबन्धन एक हजार सात सय ४१ मतले अगाडि छ । यहाँ मुख्य गरी माओेवादीका सुदर्शन बलाल र एमाले चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । 

यसमा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु क्षेत्रका २, ५ र छ वडा पर्दछन् । यहाँ २६ वडा छन् । एमालेबाट १२ निर्वाचित वडाध्यक्ष छन् । कांग्रेसबाट निर्वाचित नौ छन् । माओवादीबाट तीन वडाध्यक्ष छन् । जनमोर्चाबाट एकर स्वतन्त्र एक छन् । यहाँ एक स्वतन्त्र वडाध्यक्ष कांग्रेसमै रहेकाले सत्तारुढ गठबन्धनका १४ र एमालेका १२ वडाध्यक्ष छन् । 

यहाँ माओवादी केन्द्रका बलाललाई सहज जित निकाल्न वडाध्यक्षले पाएको मत कायम राख्नुपर्ने चुनौती छ । कांग्रेसको पूर्ण साथसमेत आवश्यक छ । एमालेका पाण्डेलाई जित निकाल्न चुनौती छ । आफ्नो जितका लागि दलको मत सुरक्षित गर्दै गठबन्धनको मत पनि तान्न आवश्यक छ । जुन उहाँका लागि चुनौती बन्न सक्छ ।

यस क्षेत्रको प्रदेशसभा (२) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको २० हजार चार सय ६७ मत छ । एमाले र राप्रपा गठबन्धनको १९ हजार तीन सय ३१ छ । जसमा एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक हजार एक सय ३६ मतले अगाडि छ । 

यहाँ मुख्य गरी सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । यसमा गुल्मीदरबार, छत्रकोट, रुरु क्षेत्रका १, ३ र ४ र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका आठ वडा पर्दछन् । यहाँ २४ वडा छन् । जसमध्ये कांग्रेसबाट निर्वाचित १३ वडाध्यक्ष छन् । एमालेबाट ११ छन् । यसरी हेर्दा यहाँ कांग्रससहितको गठबन्धनका १३ र एमालेसहितको गठबन्धनका ११ वडाध्यक्ष छन् । 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसका कार्कीलाई जित निकाल्न सहज छ । उनलाई उक्त मत जोगाउन आवश्यक छ । प्रतिस्पर्धी पाण्डेले जितका लागि वडाध्यक्षमा पाएको मत सुरक्षित राखेर सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending