Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कांग्रेस, माओवादी घोषणापत्रमा आ-आफ्नै नेतृत्वमा सरकारको परिकल्पना

देव गुरुङ भन्छन् : निर्वाचनको परिणाम पछि मात्रै सरकारको नेतृत्वबारे छलफल हुन्छ

खबरडबली संवाददाता

काठमाडौं । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख साझेदार नेकपा माओवादीले चुनावपछिको सरकारमा नेतृत्व गर्ने आ-आफ्नो दाबी सहित घोषणापत्र सार्वजनिक गरेका छन्।

कांग्रेसले लोकतन्त्र र संविधानको रक्षा, स्थायित्व र समुन्नतिको नेतृत्व गर्ने अभिभारा पुनः आफ्नो काँधमा आएको भन्दै घुमाउरो भाषामा सरकारको नेतृत्वमा दाबी गरेको छ।

नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेतृत्वमा आगामी सरकार बन्नुपर्ने भन्दै सात वटा कारण पेस गरेको छ।

कांग्रेसको घोषणापत्रमा आगामी सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे मौन छ। तर माओवादी केन्द्रले चाहिँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई "एक्लो नेता"को रूपमा अघि सारेको छ।

कांग्रेसको घोषणापत्रमा के छ?

'लोकतन्त्र र संविधानको रक्षार्थ नेपाली कांग्रेसको नेतृत्वमा सरकार' नाम दिइएको शीर्षकमा कांग्रेसले गठबन्धन सरकारको औचित्य पुष्टि गर्ने प्रयास गरेको छ।

अहिलेको सरकारले अघि बढाए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको नागरिकता विधेयकलाई निर्वाचनपछि आउने संसद्बाट टुङ्गो लगाउने आफ्नो घोषणापत्रमा कांग्रेसले उल्लेख गरेको छ।

"मध्यमकालीन संरचनात्मक सुधारको नेतृत्व अब पुनः नेपाली कांग्रेसले नै गर्ने छ," कांग्रेसको घोषणापत्रमा भनिएको छ।

आफ्नै दलको नेतृत्वमा पुन: सरकार बन्ने परिकल्पना गर्दै कांग्रेसले घोषणापत्रमा लेखेको छ, "प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले गत साउन महिनादेखि ६८ वर्ष पुगेका सबै नागरिकहरूलाई ज्येष्ठ नागरिक भत्ता दिन सुरु गरेकोमा नेपाली कांग्रेस नेतृत्वको आगामी सरकारले ज्येष्ठ नागरिक भत्ताको उमेर क्रमशः ६५ वर्ष पुर्‍याउने छ।"

घोषणापत्र लेखनमा समेत सहभागी कांग्रेस सहमहामन्त्री जीवन परियारले चुनावी नतिजा आफ्नो पक्षमा आएको अवस्थामा कांग्रेसले आगामी सरकारको नेतृत्व आफैँसँग राख्न प्रयास गर्ने बताए।

"अब बन्ने पहिलो सरकार कांग्रेसकै नेतृत्वमा हुन्छ," आलोपालो सरकारको नेतृत्व हुनसक्ने सङ्केत गर्दै उनले भने।

घोषणापत्रको अन्तिममा मतदाताहरूसँग गरिएको अपिलमा कांग्रेसले थप भनेको छ, "समयले पुनः संविधानको रक्षा, स्थायित्व र समुन्नतिको नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसकै काँधमा आएको छ।"

प्रचण्डको नेतृत्वमा माओवादी दाबी

'माओवादी केन्द्रकै नेतृत्वमा किन?' शीर्षकमा घोषणापत्रका तीन पृष्ठ खर्चिएको माओवादीले चुनावी नतिजा अनुकूल आए पार्टी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्वमा अघि सार्ने प्रस्ट सङ्केत गरेको छ।

संविधान, लोकतन्त्र र परिवर्तनको रक्षा गर्दै समाजवाद र समृद्धितर्फ मुलुकलाई लैजान आफ्नो दल मात्र सक्षम रहेको माओवादीको दाबी छ।

"हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ," सरकारको नेतृत्वमा दाबी पेस गर्दै माओवादीको घोषणापत्रमा भनिएको छ।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूको दाबीसहित फेहरिस्त प्रस्तुत गर्दै माओवादीले विगतका कमजोरी सच्याउने वाचा समेत गरेको छ।

सरकारको नेतृत्वमा पार्टी अध्यक्षलाई प्रस्ताव गर्दै अन्त्यमा भनिएको छ, "नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ। तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) बाट मात्र यति बेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ।"

माओवादी घोषणापत्र लेखनमा समेत सहभागी भएका पार्टी महासचिव देव गुरुङले पार्टीमा प्रचण्ड निर्विकल्प नेता भएको बताए।

"वैचारिक, राजनीतिक, उपलब्धिहरूको हिसाबले, अगुवा र नेतृत्व गर्ने हिसाबले त उहाँ देखिनुभएकै विषय भइहाल्यो," उनले भने।

गठबन्धनको अर्को साझेदार दल नेकपा एकीकृतको घोषणापत्र भने चुनावपछि बन्न सक्ने सरकारको नेतृत्वबारे मौन छ। पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेको यो दलले चाहिँ गठबन्धनलाई बहुमत दिलाउन आह्वान गरेको छ।

नेतृत्वबारे गठबन्धनमा सहमति छ?

मङ्सिर ४ गते हुने निर्वाचनबाट अहिलेको सत्तारुढ गठबन्धनलाई बहुमत नै आएको अवस्थामा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति नभइसकेको गठबन्धनमा सहभागी दलका नेताहरूको दाबी छ।

"गठबन्धनभित्र फरक दल भएको हुनाले माओवादीले पनि, माधव नेपालको पार्टीले पनि हाम्रो नेतृत्वमा हुनुपर्छ भन्न सक्छन्," परियारले भने।

"गठबन्धनमा यो टुङ्गिइसकेको छैन। निर्वाचनपछि छलफल गरेर टुङ्ग्याउँछौँ।"

माओवादी महासचिव देव गुरुङले पनि निर्वाचनको परिणाम पछि मात्रै सरकारको नेतृत्वबारे छलफल हुने बताए।

"आगामी प्रधानमन्त्रीको लागि त निर्वचन सम्पन्न हुनुपर्‍यो, अर्को कुरा दलहरूको अवस्था कुन कुन रूपमा हुन्छ, तेस्रो कुरा दलहरूबीच आपसी सहमति हुनुपर्‍यो यी सबै प्रक्रियागत कुराहरू बाँकी नै छन्," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending