Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

‘भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु’ (अन्तर्वार्ता)

एमालेभन्दा गठबन्धन बलियो भएकाले ढुक्क छु

खबरडबली संवाददाता

प्रतिनिधि सभा निर्वाचनका लागि दाङक्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी रेखा शर्मा घोराही–१८ मसिना निवासीहुन् । वि.सं. २०२६ सालमा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरिन् । 

स्नातक तहसम्म अध्ययन गरेकी उनले अखिल क्रान्तिकारी दाङको जिल्ला उपाध्यक्ष, अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्षहुँदै २०५३ सालदेखि २०५८ सालसम्म अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षरहेर महिला आन्दोलनको नेतृत्व गरिन्। उनले अध्यक्षको आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालनगरिन् । जसले गर्दा जनताहरु उनीप्रति निकै सकारात्मक बने । 

दश वर्षे जनयुद्धका बेला तत्कालीन सरकारपक्षबाट चरम यातना भोगेकी रेखा ताप र रापको भट्टीबाट खारिएर निस्किएकी संघर्षशील योद्धा हुन् । २०७० सालको संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी उनी संसद्मा प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हालेकी थिइन् । 

२०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर पनि काम गरिन् । संविधान निर्माणका क्रममा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनमहत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले२०७४ सालमा पुनः समानुपातिक संसद् बन्न सफल भइन् ।

यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धामा उत्रिएकी उनीसँगदुई पटक संसद् र एक पटक मन्त्री भइसकेको अनुभव छ। 

आफू मन्त्री भएका बेला दाङ जिल्लाको विकास निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेकी रेखाले यसपटकको निर्वाचन जित्नेविश्वास व्यक्त गरिन् । आफूले जनताको मन जित्ने काम गरेकाले जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्छिन् । उनै शर्मासँग गरेको कुराकानीः 

घरदैलो अभियानमा कत्तिको लाग्नुभएको छ ?

निर्वाचनको समय नजिकिदै छ । त्यसैले मतदाताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छौं । विहानदेखि राति अबेरसम्म पनि हामी जनताको घरदैलोमा व्यस्त छौं । स–साना सभा, भेटघाट र अन्तरक्रियाहरु पनि गरिरहेका छौं । 

आम मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

आम मतदाताहरु गठबन्धनप्रति सकारात्मक हुनुहुन्छ । उहाँहरु हामीलाई जिताउन आतुर हुनुहुन्छ । जितेपछि पनि जनताको घरदैलोमा पुनः फर्केर आउन उहाँहरुको आग्रह छ ।

जितेर नहराउनू, फर्केर गाउँमा आई विकास निर्माणका काम गर्नू भन्ने उहाँहरुको सुझाव छ । हामी उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढेका छौं । विगत उम्मेदवारहरुले गरेका केही गल्तीहरुलाई हामीले नदोहो¥याउने प्रण गर्दछौं । 

मतदाताले रेखा शर्मालाई नै भोट किन दिने ?

पहिलो कुरा त गठबन्धन स्वतः बलियो छ । यहाँ नेकपा एमाले प्रतिपक्षी छ भने त्यसको तुलनामा गठबन्धनको बलियो पकड रहेको छ । त्यस्तै मलाई नै भोट दिनुपर्ने अर्काे कारण भनेको मैले विगतमा यहाँका जनताका लागि गरेका राम्रा कामहरु पनि हुन् ।

त्यस्तै गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण, कानुन निर्माणका क्रममा मैले निर्वाह गरेका भूमिकाले पनि जनतामा सकारात्मक प्रभाव छ । त्यसैगरी जनताले मसँग सहज महशुस गर्नुभएको छ । उहाँहरुलाई मसँग कुरा गर्न, समस्याहरु राख्न सहज अनुभूत गरिरहनु भएको छ । 

घरदैलो अभियानमा के कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ?

हाम्रो मुख्य एजेण्डा भनेकै संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास समृद्धि रहेका छन् । जुन उद्देश्यले गठबन्धन बनेको थियो, गठबन्धनको एजेण्डा नै हाम्रो एजेण्डा हो ।

जनताको घर दैलोमा हामीले गठबन्धनकै उद्देश्यलाई पस्किएका छौं । त्यस्तै यहाँ भइरहेका विकास निर्माणका संरचनाहरुलाई व्यवस्थित गर्ने, केही नयाँ आयोजनाहरु थप गर्ने, जनताको दैनिक जीवनमा आईपर्ने समस्याहरु सम्बोधन गर्नेबारे योजनाहरु अघि सारेका छौं ।

मैले चर्को भाषण, चुनावी आश्वासन बाँड्ने गरेको छैन । जनताले अनुभूत हुने गरी काम गर्छु, चुनावअघि ठूल्ठूला आश्वासन बाँड्ने र चुनावपछि फर्केर नआउने गर्दिनँ ।

आम मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?

नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्रको रक्षाका निम्ति र राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिको मोमेन्ट अगाडि बढाउनका लागि गठबन्धनलाई मत दिनुहुन जनतासमक्ष अपिल गर्दछु ।

त्यसतै हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाई देशमा अस्थिरता ल्याउने खोज्नेहरुलाई परास्त गर्नका निम्ति पनि गठबन्धनको जीत आवश्यक रहेकाले यसको जनताको साथ महत्वपूर्ण छ । त्यसैले जनताले हिजोको संघर्षका बेलामा साथ दिनुभएको थियो । भोलिको उज्यालो भविष्यका लागि पनि हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending