काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।
मिति २०८१ चैत ३१ गते कँडेलको घर बाहिरबाट ताल्चा लगाइएको र घरबाट दुर्गन्ध फैलिएको स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए। प्रहरीद्वारा घर खोल्ने बित्तिकै सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो।
घटनापछि केन्द्रीय अनुसन्धान ब्यूरोसहितको विशेष टोली खटिएर प्राविधिक तथा स्थलगत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट सो घटनामा चितवन, रत्ननगर–६ का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको तथ्य फेला परेको छ।
दराई पहिले पनि हत्या अभियोगमा दोषी ठहरिएका व्यक्ति हुन्। उनले मिति २०६७ कात्तिक १३ गते गोरखा फिनाम–५ निवासी ५३ वर्षीया चिनी माया पाण्डेलाई छोरा–छोरीको विवाहसम्बन्धी विवादका क्रममा घाटी थिची निर्मम हत्या गरेका थिए।
सो घटनामा उनलाई गोरखा जिल्ला अदालतले २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा उनको मृतक सिता कँडेलसँग भिमफेदी कारागारमा परिचय भएको खुलेको छ।
मिति २०८२ बैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट दराईविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरन्तर खोजतलासमा थियो। सोही क्रममा पक्राउ टोलीले २०८२ मंसिर १८ गते रूपन्देही, सिद्धार्थनगर–१ बेलहिया सडक खण्डबाट दराईलाई पक्राउ गरी आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई बुझाएको जानकारी प्रहरी प्रवक्ता शिव कुमार श्रेष्ठले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
मंसिर २० गते, २०८२ - १४:२६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी




प्रतिकृया लेख्नुहोस्: