Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

खबरडबली संवाददाता

रसुवा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । 

प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस,  नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

प्रतिनिधिसभातर्फ नेकपा माओवादीसमेतको गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  मोहन आचार्य, नेकपा एमालेको तर्फबाट छोवाङ तेन्जिङ तामाङ राप्रपाबाट टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, जनसमाजवादी पार्टीबाट सिर्जना सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकास गलान र राष्ट्रिय स्वतन्त्र दलबाट मीननाथ देवकोटा चुनावी मैदानमा उभिएका छन् ।

सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पुर्याउने छु भन्नेनै उद्योष रहेको छ । प्रमुखरूपमा  स्वास्थ्य, शिक्षालाई आधुनिकीकरण, रोजगारजस्ता विविध कामको कार्यान्वयन गर्ने उम्मेदवारले घोषणा गर्दै आएका छन् । खुलारूपको आमसभाभन्दा  घरदैलो कार्यक्रममार्फत गाउँटोलको प्रत्येक घरघरमा पुगी भेटघाटको माध्यमबाट हात जोड्दा मतदाता र उम्मेदवार दुवैको मन प्रफुल्लित हुँदै गएको दलका नेताले बताएका छन् । 

घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्य उम्मेदवारले पनि एक साथ घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । आ–आफ्ना पक्षमा मत माग्दै घरदैलो कार्यक्रममा सरिक हुने प्रदेशसभा उम्मेदवार सदस्यमा नेकपा माओवादीसहितको गठबन्धनबाट प्रदेश ‘क’मा नेपाली कांग्रेसको तर्फबाट प्रभात लामा, नेकपा एमालेको तर्फबाट कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङ, जनसमाजवादीको तर्फबाट कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उमेदवारमा सिदार वाङजेन लामा रहेका छन्।

दुई वटा प्रदेश रहेको रसुवा जिल्लाको प्रदेश ‘ख’मा भने  नेकासहितको गठबन्धनबाट नेकपा माओवादीका  इन्द्रप्रसाद गौतम, (जगतजङ्ग) नेकपा एमालेका तेम्व्रेल तामाङ, राप्रपाबाट हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सिराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट वाङ्दे घले, नेपाली कांग्रेस (बिपी) को तर्फबाट शारदाकुमार न्यौपाने (सरोज) र स्वतन्त्रमा चेसाङ तामाङ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending