Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

खबरडबली संवाददाता

रसुवा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । 

प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस,  नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

प्रतिनिधिसभातर्फ नेकपा माओवादीसमेतको गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  मोहन आचार्य, नेकपा एमालेको तर्फबाट छोवाङ तेन्जिङ तामाङ राप्रपाबाट टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, जनसमाजवादी पार्टीबाट सिर्जना सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकास गलान र राष्ट्रिय स्वतन्त्र दलबाट मीननाथ देवकोटा चुनावी मैदानमा उभिएका छन् ।

सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पुर्याउने छु भन्नेनै उद्योष रहेको छ । प्रमुखरूपमा  स्वास्थ्य, शिक्षालाई आधुनिकीकरण, रोजगारजस्ता विविध कामको कार्यान्वयन गर्ने उम्मेदवारले घोषणा गर्दै आएका छन् । खुलारूपको आमसभाभन्दा  घरदैलो कार्यक्रममार्फत गाउँटोलको प्रत्येक घरघरमा पुगी भेटघाटको माध्यमबाट हात जोड्दा मतदाता र उम्मेदवार दुवैको मन प्रफुल्लित हुँदै गएको दलका नेताले बताएका छन् । 

घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्य उम्मेदवारले पनि एक साथ घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । आ–आफ्ना पक्षमा मत माग्दै घरदैलो कार्यक्रममा सरिक हुने प्रदेशसभा उम्मेदवार सदस्यमा नेकपा माओवादीसहितको गठबन्धनबाट प्रदेश ‘क’मा नेपाली कांग्रेसको तर्फबाट प्रभात लामा, नेकपा एमालेको तर्फबाट कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङ, जनसमाजवादीको तर्फबाट कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उमेदवारमा सिदार वाङजेन लामा रहेका छन्।

दुई वटा प्रदेश रहेको रसुवा जिल्लाको प्रदेश ‘ख’मा भने  नेकासहितको गठबन्धनबाट नेकपा माओवादीका  इन्द्रप्रसाद गौतम, (जगतजङ्ग) नेकपा एमालेका तेम्व्रेल तामाङ, राप्रपाबाट हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सिराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट वाङ्दे घले, नेपाली कांग्रेस (बिपी) को तर्फबाट शारदाकुमार न्यौपाने (सरोज) र स्वतन्त्रमा चेसाङ तामाङ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE