Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘परिवर्तनको सूत्रधार र उत्पीडितहरूको भरोसा माओवादी मात्रै हो’ (अन्तर्वार्ता)

खबरडबली संवाददाता

लमजुङ जिल्ला दोर्दी गाउँपालिका–२ की स्थायी बासिन्दा हुनुहुन्छ उर्मिला माझी ‘पौडेल’ । काभ्रे जिल्लाको विकट डाँडापारी क्षेत्रको डाँडागाउँ गाविस हाल खानीखोला गाउँपालिकाको जगथलीमा माझी समुदायको सामान्य परिवारमा बुबा नजरमान माझी र आमा लिलामाया माझीको कोखबाट जेठी छोरीको रूपमा २०४० सालमा जन्मिनुभएकी उर्मिला सानैदेखि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । 

मुलुकमा माओवादीको जनयुद्ध चर्किरहेका बेला माध्यमिक तहमा पढ्दादेखि १५ वर्षकै उमेरमा उहाँ जनयुद्धमा सहभागी हुँदै माओवादी पार्टीमा सक्रिय भएर लाग्नुभयो । राजनीतिमा सक्रिय हुँदा उहाँले बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर यहाँका कुनाकाप्चामा पुगेर यहाँको जनताको हक हित रअधिकारको पक्षमा आवाज बुलन्द पार्दै हिँड्नुभयो । 

जनयुद्धकालमा काभ्रे, मकवानपुर, ललितपुरको दक्षिणी भेगमा पार्टीको भुगोलमा जिल्ला समिति र एरिया ईन्चार्जको जिम्मेवारी लिएर काम गर्नुभएकी उर्मिलालाई कमरेड उमाको नामले त्यस क्षेत्रले चिन्दछन् । 

जनयुद्धको क्रममा उहाँले २०६० सालमा आफ्नो जीवनसाथी गुमाउनुप¥यो । जीवनसाथी गुमाएको खबर १० दिनपछि पाएकी उहाँले जीवनसाथी गुमाउँदा पनि क्रान्तिमा अविचलित भएर लाग्नुभयो । शान्ति प्रक्रियापछि काठमाडौं उपत्यका प्रवेशसँगै कमरेड उमाले उर्मिला माझीको सशक्त पहिचान बनाउँदै राजनीति र समाजसेवामा सक्रिय बन्नुभयो । 

जनयुद्धको घनीभूत चरणमा पार्टीले दिएको जिम्मेवारीलाई अनुशासित ढंगले पूरा गर्न सफल भएकोमा गर्वको महशुस गर्नुहुन्छ उर्मिला । सुरुवाती चरणदेखि आजसम्म प्रचण्डले नेतृत्व गरेको मुल पार्टीमा अडिग भएर क्रियाशील हुनुहुन्छ उहाँ । शान्ति प्रक्रियासँगै उहाँले हाल माओवादी केन्द्रको विशेष प्रदेश समिति अन्तर्गत रहेर तथा माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय महासचिव भएर कर्तव्य निर्वाह गरिरहनु भएको छ । 

शान्ति प्रक्रियासँगै जनयुद्धका सहयात्री क्रान्तिकारी पत्रकार हाल प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलसँग अन्तरजातीय जनवादी विवाहमा जोडिएकी उर्मिला अर्थात कमरेड उमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको समानुपातिकतर्फको उम्मेदवार बन्नुभएको छ । 

उहाँ २०७० सालको निर्वाचनमा पनि समानुपातिक तर्फबाट बन्द सुचीमा पर्नुभएको थियो  र साँसद बन्ने अवसर भने पाउनुभएन । हालसम्म कुनै पनि लाभको अवसर प्राप्त नगरेकी उमाको नाम यसपटक पनि समानुपातिक बन्द सुचीमा समावेश भएकोमा देशैभरका माझी समुदाय र सहिद वेपत्ता परिवारले खुसी व्यक्त गरेका  उहाँ बताउनु हुन्छ । चुनावी प्रचारप्रसार अभियानमा लमजुङमा व्यस्त रहेकी माझीसँग गरिएको कुराकानीको अंशः 

चुनाव प्रचार प्रसारमा कत्तिको लाग्नुभएको छ ?

चुनाव संघारमा आइसकेको छ । त्यसैले पनि प्रचार प्रसारमा हामी सक्रिय भएर अघि बढेका छौं । निर्वाचन आयोगले प्रचार प्रसारका लागि कात्तिक १७ गतेपछि मात्रै तोकेको भएपनि हामी त्यसअघिदेखि नै जनताको घरदैलोमा जनतासँगै थियौं । अहिले पनि त्यसैलाई निरन्तरता दिएका हौं । 

जनताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

जनतामा अहिले एकखालको उत्साह छ । माओवादीसहितको गठबन्धनले नै अहिलेको अग्रगमनको दिशालाई अंगाल्न सक्छ, प्रतिगमनले खोस्न खोजेका केही चिजहरु अग्रगामी शक्तिहरुले रोकेर त्यसलाई बचाएर अगाडि बढाउन सक्छ भन्ने जनतामा विश्वास छ । हिजो स्थानीय निर्वाचनमा प्रतिगमनकारीहरुलाई साथ दिएकाहरु पनि अहिले पछुतो मान्दै अब यस्ता गल्ती नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

जनताका अगाडि कस्ता एजेन्डाहरु लिएर जानुभएको छ ?

अहिले माओवादी केन्द्रको एजेन्डा भनेकै संविधानको रक्षा, स्थिरता, समृद्धि र विकास रहेको छ । हामीले पार्टीका यिनै एजेण्डाहरुलाई जनताको घरदैलोसम्म पु¥याउने गरेका छौं । त्यसका साथै माओवादीले उठाएका सामाजिक न्याय र सुशासनसहितको समृद्धि कसरी हाँसिल गर्न सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकतामा छ । 

तपाईले प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभयो भने के के गर्न सक्नुहुन्छ ? जनतालाई के गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ?

हामीले जुन लक्ष्य र उद्देश्य बोकेर निर्वाचनमा होमिएका छौं, जुन वाचा जनतासँग गरिरहेका छौं, निर्वाचित भएर आइसकेपछि सबभन्दा पहिला जनता सामु गरेका वाचा प्रतिवद्धताहरु सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहनेछु । त्यस्तै जनताको समस्या, गुनासा, मागहरुलाई सम्बोधन गर्ने कुरा हामीले अहिले उहाँहरुसमक्ष राखेका छौं । 

थप केही भन्न चाहनुहुन्छ ?

विशेष गरी उत्पीडनमा परेको आदिवासी जाती, अन्य समुदाय, वर्ग, क्षेत्र, लिंगको हक अधिकारका निम्ति हाम्रो उम्मेदवारी हो । हजारौंको बलिदान, त्याग तपस्याबाट प्राप्त गणतन्त्र र संविधानमा उल्लेखित अधिकार अझै पनि व्यवहारत कार्यान्वयन हुन नसकिरहेको अवस्थामा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने र गराउने कुरामा हामी लागिपर्ने छौं । 

त्यसैले देशभर रहनुभएका माझी समुदाय, सहिद वेपत्ता परिवार र आम मतदाताहरूलाई म अग्रगमनको एजेन्डा बोकेको, परिवर्तनको सूत्रधार र उत्पीडितहरूको भरोसाको एकमात्र केन्द्र नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा मतदान गरी माओवादी केन्द्रलाई विजय गराउन अपील गर्दछु ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending