Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

‘परिवर्तनको सूत्रधार र उत्पीडितहरूको भरोसा माओवादी मात्रै हो’ (अन्तर्वार्ता)

खबरडबली संवाददाता

लमजुङ जिल्ला दोर्दी गाउँपालिका–२ की स्थायी बासिन्दा हुनुहुन्छ उर्मिला माझी ‘पौडेल’ । काभ्रे जिल्लाको विकट डाँडापारी क्षेत्रको डाँडागाउँ गाविस हाल खानीखोला गाउँपालिकाको जगथलीमा माझी समुदायको सामान्य परिवारमा बुबा नजरमान माझी र आमा लिलामाया माझीको कोखबाट जेठी छोरीको रूपमा २०४० सालमा जन्मिनुभएकी उर्मिला सानैदेखि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । 

मुलुकमा माओवादीको जनयुद्ध चर्किरहेका बेला माध्यमिक तहमा पढ्दादेखि १५ वर्षकै उमेरमा उहाँ जनयुद्धमा सहभागी हुँदै माओवादी पार्टीमा सक्रिय भएर लाग्नुभयो । राजनीतिमा सक्रिय हुँदा उहाँले बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर यहाँका कुनाकाप्चामा पुगेर यहाँको जनताको हक हित रअधिकारको पक्षमा आवाज बुलन्द पार्दै हिँड्नुभयो । 

जनयुद्धकालमा काभ्रे, मकवानपुर, ललितपुरको दक्षिणी भेगमा पार्टीको भुगोलमा जिल्ला समिति र एरिया ईन्चार्जको जिम्मेवारी लिएर काम गर्नुभएकी उर्मिलालाई कमरेड उमाको नामले त्यस क्षेत्रले चिन्दछन् । 

जनयुद्धको क्रममा उहाँले २०६० सालमा आफ्नो जीवनसाथी गुमाउनुप¥यो । जीवनसाथी गुमाएको खबर १० दिनपछि पाएकी उहाँले जीवनसाथी गुमाउँदा पनि क्रान्तिमा अविचलित भएर लाग्नुभयो । शान्ति प्रक्रियापछि काठमाडौं उपत्यका प्रवेशसँगै कमरेड उमाले उर्मिला माझीको सशक्त पहिचान बनाउँदै राजनीति र समाजसेवामा सक्रिय बन्नुभयो । 

जनयुद्धको घनीभूत चरणमा पार्टीले दिएको जिम्मेवारीलाई अनुशासित ढंगले पूरा गर्न सफल भएकोमा गर्वको महशुस गर्नुहुन्छ उर्मिला । सुरुवाती चरणदेखि आजसम्म प्रचण्डले नेतृत्व गरेको मुल पार्टीमा अडिग भएर क्रियाशील हुनुहुन्छ उहाँ । शान्ति प्रक्रियासँगै उहाँले हाल माओवादी केन्द्रको विशेष प्रदेश समिति अन्तर्गत रहेर तथा माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय महासचिव भएर कर्तव्य निर्वाह गरिरहनु भएको छ । 

शान्ति प्रक्रियासँगै जनयुद्धका सहयात्री क्रान्तिकारी पत्रकार हाल प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलसँग अन्तरजातीय जनवादी विवाहमा जोडिएकी उर्मिला अर्थात कमरेड उमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको समानुपातिकतर्फको उम्मेदवार बन्नुभएको छ । 

उहाँ २०७० सालको निर्वाचनमा पनि समानुपातिक तर्फबाट बन्द सुचीमा पर्नुभएको थियो  र साँसद बन्ने अवसर भने पाउनुभएन । हालसम्म कुनै पनि लाभको अवसर प्राप्त नगरेकी उमाको नाम यसपटक पनि समानुपातिक बन्द सुचीमा समावेश भएकोमा देशैभरका माझी समुदाय र सहिद वेपत्ता परिवारले खुसी व्यक्त गरेका  उहाँ बताउनु हुन्छ । चुनावी प्रचारप्रसार अभियानमा लमजुङमा व्यस्त रहेकी माझीसँग गरिएको कुराकानीको अंशः 

चुनाव प्रचार प्रसारमा कत्तिको लाग्नुभएको छ ?

चुनाव संघारमा आइसकेको छ । त्यसैले पनि प्रचार प्रसारमा हामी सक्रिय भएर अघि बढेका छौं । निर्वाचन आयोगले प्रचार प्रसारका लागि कात्तिक १७ गतेपछि मात्रै तोकेको भएपनि हामी त्यसअघिदेखि नै जनताको घरदैलोमा जनतासँगै थियौं । अहिले पनि त्यसैलाई निरन्तरता दिएका हौं । 

जनताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

जनतामा अहिले एकखालको उत्साह छ । माओवादीसहितको गठबन्धनले नै अहिलेको अग्रगमनको दिशालाई अंगाल्न सक्छ, प्रतिगमनले खोस्न खोजेका केही चिजहरु अग्रगामी शक्तिहरुले रोकेर त्यसलाई बचाएर अगाडि बढाउन सक्छ भन्ने जनतामा विश्वास छ । हिजो स्थानीय निर्वाचनमा प्रतिगमनकारीहरुलाई साथ दिएकाहरु पनि अहिले पछुतो मान्दै अब यस्ता गल्ती नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

जनताका अगाडि कस्ता एजेन्डाहरु लिएर जानुभएको छ ?

अहिले माओवादी केन्द्रको एजेन्डा भनेकै संविधानको रक्षा, स्थिरता, समृद्धि र विकास रहेको छ । हामीले पार्टीका यिनै एजेण्डाहरुलाई जनताको घरदैलोसम्म पु¥याउने गरेका छौं । त्यसका साथै माओवादीले उठाएका सामाजिक न्याय र सुशासनसहितको समृद्धि कसरी हाँसिल गर्न सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकतामा छ । 

तपाईले प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभयो भने के के गर्न सक्नुहुन्छ ? जनतालाई के गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ?

हामीले जुन लक्ष्य र उद्देश्य बोकेर निर्वाचनमा होमिएका छौं, जुन वाचा जनतासँग गरिरहेका छौं, निर्वाचित भएर आइसकेपछि सबभन्दा पहिला जनता सामु गरेका वाचा प्रतिवद्धताहरु सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहनेछु । त्यस्तै जनताको समस्या, गुनासा, मागहरुलाई सम्बोधन गर्ने कुरा हामीले अहिले उहाँहरुसमक्ष राखेका छौं । 

थप केही भन्न चाहनुहुन्छ ?

विशेष गरी उत्पीडनमा परेको आदिवासी जाती, अन्य समुदाय, वर्ग, क्षेत्र, लिंगको हक अधिकारका निम्ति हाम्रो उम्मेदवारी हो । हजारौंको बलिदान, त्याग तपस्याबाट प्राप्त गणतन्त्र र संविधानमा उल्लेखित अधिकार अझै पनि व्यवहारत कार्यान्वयन हुन नसकिरहेको अवस्थामा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने र गराउने कुरामा हामी लागिपर्ने छौं । 

त्यसैले देशभर रहनुभएका माझी समुदाय, सहिद वेपत्ता परिवार र आम मतदाताहरूलाई म अग्रगमनको एजेन्डा बोकेको, परिवर्तनको सूत्रधार र उत्पीडितहरूको भरोसाको एकमात्र केन्द्र नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा मतदान गरी माओवादी केन्द्रलाई विजय गराउन अपील गर्दछु ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending