Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

खबरडबली संवाददाता

काठमाडौ । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।

नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । 

कुन बैंकको कति ?

गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले शेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।

यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ  प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका नौ वाणिज्य बैंकमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र

मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending