NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

‘ब्रा’बारे जानिराखौँ केहि कुरा

खबरडबली संवाददाता

महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरनको नाम हो- ब्रा। सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन्। महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्तन खुकुलो हुने र स्तनको आकार बिग्रने ठान्दछन्।

ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्न भ्रमहरु पनि छन्। जस्तो ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ। तर, ब्रा को प्रयोगले स्तन क्यान्सरको कुनै पनि खतरा नरहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। ९० को दशकमा गरिएको एक अध्यनले ब्रा प्रयोगले स्तन क्यान्सर बढ्ने देखाएतापनि पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्तन क्यान्सरको कुनै खतरा नभएको बताएका छन्।

महिलाहरु स्तनको आकार सानो भएमा फम सहितकको ब्रा लगाउनै पर्ने ठान्छन्। तर यो जरुरी छैन। यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्तन कसरी देखाउन चाहन्छन्। यदि तपाइँ स्तन ठूलो देखाउन चाहनु हुन्छ भने फम सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन।

महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्तन ठूलो हुने ठान्छन्। तर बास्तविकता केहो भने पुशअप ब्रा स्तनलाई ठूलो देखाउन मात्र लगाउने हो। यो लगाउँदैमा स्तन बढ्ने होइन्। खासगरी महिलाहरु परफेक्ट ब्रा लामो समयसम्म प्रयोग गर्न सकिने ठान्छन्। तर कुनै पनि ब्राको उमेर ६ देखि ९ मिहना सम्म मात्र हो।

‘ब्रा’को सुरुवातीबारे

फ्रान्सको हर्मिनी क्यान्डोलले सन् १८६९ मा एक कार्सेटलाई दुई टुक्रामा काटेर भित्रीवस्त्र बनाएका थिए। पछि यसको माथिल्लो हिस्सा ब्राजसरी लगाउन र बेच्न सुरु गरियो। यद्यपी, पहिलो ब्रा कहाँ र कसरी बनेको थियो यसको निश्चित जवाफ दिन मुश्किल छ।

सन् १९११ मा ब्रा शब्दलाई अक्सफोर्ड डिक्शनरीमा राखियो। त्यसपछि सन् १९१३ मा अमेरिकाकी प्रभावकारी महिला मेरी फेल्प्सले रेशमको रुमाल र रिबनले आफ्नो लागि ब्रा बनाइन् र अर्को वर्ष त्यसको पेटेन्ट पनि गराइन्। मेरीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाती रुप मान्न सकिन्छ तर यसमा कमजोरी थियो। यसले स्तनलाई सपोर्ट गर्नुको साटो त्यसलाई सम्म बनाइदिन्थ्यो र त्यो एउटै साइजमा पाइन्थ्यो।

यूनानको इतिहासमा ब्राजस्तो देखिने कपडाको चित्रण छ। रोमन महिला स्तनलाई लुकाउनका लागि छातीको चारैतर्फ एउटा कपडाले बाँध्ने गर्दथे। त्यसको ठिक विपरित ग्रीक महिलाले एक बेल्टमार्फत बक्षलाई उकास्ने कोसिस गर्दथे। आज पसलमा जस्तो ब्रा हामी देख्छौं, अमेरिकामा त्यस्तो ब्रा सन् १९३० देखि बन्न सुरु भएको थियो।

यद्यपी, एशियामा ब्राको कुनै यस्तो स्पष्ट इतिहास पाइएको छैन। ब्रा बजारमा आएदेखि नै यसको विरोध भएको थियोः चर्चित फेशन म्यागजिन ‘भोग’ ले सन् १९०७ ताका ‘ brassiere’ शब्दलाई लोकप्रिय बनाउने ठूलो भूमिका खेल्यो। रोचक कुरा के छ भने योसँग ब्राको विरोध हुन पनि सुरु भयो। यो त्यही समय थियो जब महिलावादी संगठनले ब्रा लगाउने ‘खतरा’ प्रति महिलालाई सावधान गराएको थियो। र उनीहरुलाई यस्तो कपडा लगाउन सल्लाह दिइएको थियो जसले उनीहरुलाई हरेक प्रकारको समाजिक र राजनीतिक बन्धनबाट स्वतन्त्र गर्न सकोस्।

समाज

ब्रालाई आज महिलाको कपडाको अनिवार्य हिस्सा बनाइदिएको छ। ब्राविरुद्ध आवाज अहिले त्यती सुन्नमा आइँदैन। तर ब्राको विरोध हुनु वा नहुनु ठूलो कुरा नभई आखिर समाज ब्राबारे यति असहज किन हुन्छन् भन्ने प्रश्न तेर्सिन्छ ? ब्राको रंगले समस्या, ब्रा देखिँदा समस्या, ब्रालाई खुल्ला रुपमा सुकाउँदा समस्या र ब्रा शब्दको उच्चारणमा नै समस्या।

महिलाको शरिर र उनको कपडालाई यस्तो प्रकारले नियन्त्रण गर्ने कोसिस आखिर किन ? सर्ट, पाइन्ट र गन्जीजस्तै ब्रा पनि एउटा कपडा हो। हामीले यसलाई पनि एक कपडाको रुपमा नै हेर्दा राम्रो हुन्छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समाजवादीले पहिलो चरणमा प्रकाश ज्वालालाई सरकारमा पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ। दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा पहिलो चरणमा ज्यालालाई पठाउने निर्णय भ...

सात दिनभित्र सवारी अनुमति पत्र दिने तयारी गर्दैछौं –उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमति पत्र प्रदान गर्ने तयारी गरिएको...

यस्तो छ मन्त्रालय बाँडफाँडको तयारी, कसलाई कुन मन्त्रालय

काठमाडौं ।  सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्र...

गृहद्वारा एआइजी बढुवा गर्न ४ जनाको सिफारिश : कोको परे ?

काठमाडौं। गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।  सोमबार मन्त...

प्रचण्ड, देउवा र नेपालबीच छलफल, के कुरा भयो ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफ...

संक्रमणकालीन न्यायको विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध - शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति अस...

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page