Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुराना दलहरू आउने’ भनेर प्रश्न गरिरहेकाबाट आफू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग ई–बुलेटिन’ शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारलाई असंवैधानिक र ‘हाहुको भरमा आएको’ भन्दै आलोचना गरे। प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्रै कान्छो भएको भन्दै उनले व्यङ्ग्य पनि गरे।

ओलीले भने, ‘अब सरकार कसको रे ? यसमा पनि दुविधा हुने ? आगो लगाएर सरकार बनाउने ? फेरि पनि हाहुकै भरमा सरकार बन्छ ? पार्टीको होइन ? अनि पुराना नेता आए रे ! के थाहा नपाएका पुराना आए रे ! म चाहिँ बुढो ? मभन्दा साँढे तीन महिनामात्रै कान्छो भए पनि जित्नु नसित्नु, उसै प्रधानमन्त्री हो भन्नु ?’

‘एमाले फेरि आउँछ’ — ओली

अध्यक्ष ओलीले आगामी चुनावपछि आफ्नो पार्टी एमाले नै सरकारमा आउने दाबी दोहोर्‍याए। अन्य दलहरूको भविष्यबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै उनले एमाले भने ‘आउँछ नै’ भनेर जिकिर गरे।

‘चुनाव जहिले होस्, हामी यस बीचमा सरकार बनाउने खेलमा छैनौं। स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘अबको सरकार चाहिँ चुनावबाट आउने र त्यो एमालेकै सरकार हुन्छ।’

फागुन २१ मा चुनाव नहुने पनि उनले प्रष्ट पारे।

ओलीले आफ्नो पार्टीलाई बाढी सँग तुलना गर्दै भने, ‘एमाले एउटा बाढीजस्तो हो, विशाला नदीमा आएको बाढीजस्तो—आयो, आयो।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले विकासमा जोड दिनुपर्छ: मन्त्री पुन

ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...

दाङमा गोली चल्यो, सुन पसल सञ्चालक घाइते

बुटवल ।  दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...

फिफा विश्वकप ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...

एनपीएलमा आजको दोस्रो खेल: चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending