काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुराना दलहरू आउने’ भनेर प्रश्न गरिरहेकाबाट आफू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग ई–बुलेटिन’ शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारलाई असंवैधानिक र ‘हाहुको भरमा आएको’ भन्दै आलोचना गरे। प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्रै कान्छो भएको भन्दै उनले व्यङ्ग्य पनि गरे।
ओलीले भने, ‘अब सरकार कसको रे ? यसमा पनि दुविधा हुने ? आगो लगाएर सरकार बनाउने ? फेरि पनि हाहुकै भरमा सरकार बन्छ ? पार्टीको होइन ? अनि पुराना नेता आए रे ! के थाहा नपाएका पुराना आए रे ! म चाहिँ बुढो ? मभन्दा साँढे तीन महिनामात्रै कान्छो भए पनि जित्नु नसित्नु, उसै प्रधानमन्त्री हो भन्नु ?’
‘एमाले फेरि आउँछ’ — ओली
अध्यक्ष ओलीले आगामी चुनावपछि आफ्नो पार्टी एमाले नै सरकारमा आउने दाबी दोहोर्याए। अन्य दलहरूको भविष्यबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै उनले एमाले भने ‘आउँछ नै’ भनेर जिकिर गरे।
‘चुनाव जहिले होस्, हामी यस बीचमा सरकार बनाउने खेलमा छैनौं। स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘अबको सरकार चाहिँ चुनावबाट आउने र त्यो एमालेकै सरकार हुन्छ।’
फागुन २१ मा चुनाव नहुने पनि उनले प्रष्ट पारे।
ओलीले आफ्नो पार्टीलाई बाढी सँग तुलना गर्दै भने, ‘एमाले एउटा बाढीजस्तो हो, विशाला नदीमा आएको बाढीजस्तो—आयो, आयो।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: