Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मतदाताको गुनासो : चुनाव जितेपछि नेताहरु बस्तीमा छिर्दैनन्

'मजदुरी नपाइएका बेला भोकभोकै बस्नुपर्छ'

खबरडबली संवाददाता

कञ्चनपुर  । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी वसन्ती ढकालको चुलोमा मजदुरी नगरे आगो बल्दैन । दैनिक बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म उनले मजदुरी गर्दै आएकी छिन् ।

गाउँमा वसन्तीको बस्नका लागि सानो झुपडी छ । झुपडीमा बालबालिकासहित उनी बस्दै आएकी छन् । झुपडी बनाइएको जग्गा उनको स्वामित्वको होइन । 

मजदुरीको पैसाले उनको साँझ बिहानको खाना खर्च जुट्ने गरेको छ । “मजदुरी नपाइएका बेला भोकभोकै बस्नुपर्छ”, उनले भनिन्, “गाउँमा कृषि मजदुरका रुपमा र गाउँमा मजदुरी नपाइए निकटवर्ती भारतीय टनकपुर बजारमा गएर मजदुरी गर्दै आएको छु ।” 

उनले लोकतन्त्र स्थापनापछिका चुनावमा निरन्तररुपमा मतदान प्रक्रियामा सहभागिता जनाउँदै आएकी छिन् । निर्वाचनमा उम्मेदवार हुनेले घरमै पुगेर पुनः स्थापनसँगै घर निर्माण गर्ने, रोजगारी दिने कुरामा अश्वास्त पारेर जान्छन् ।

“वाचा र प्रतिबद्धता गर्ने उम्मेदवारले चुनाव जितेपछि वर्षौंदेखिको गरिबीको अन्त्य गर्नेमा ढुक्क हुन्छौँ”, उनले भनिन्, “चुनाव जितेपछि कोही पनि बस्तीमा छिर्दैनन् ।”  

“विगतमा चुनाव होरेका फर्केनन्, जितेका राजनीतिक दलका उम्मेदवारले वाचा र कसम खाएरै भोट मागे, उहाँहरु पनि फर्केनन् अहिले पनि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मत माग्न उम्मेदवार पुग्न थालेका छन्, पुरानै उम्मेदवारजस्तै वाचा कसम खाने क्रम जारी छ”, उनले भनिन्, “शिक्षा, स्वास्थ्य र रोजगारका कुरा चुनावी एजेण्डाका रुपमा ल्याएका छन् ।”

बुबाबाजेदेखि ससूरा र श्रीमान्ले वर्षौंदेखि अर्काको घरमा हलिया बसेर कार्य गरेको भए पनि परिचयपत्रसम्म पाउन नसकेको उनले गुनासो गरिन्। मुक्तहलियाको लगतमा समावेश गरी पुनः स्थापनको प्याकेजमा समेट्नेलाई यस पटकको चुनावमा मतदान गर्ने सोच उनको रहेको छ । 

वसन्तीजस्तै शङ्कर दमाईंको अवस्था दयनीय छ । सीमा क्षेत्र नजिकै बस्दै आएका दमाईंले हलियाबाट मुक्त भएपछि परिवार पाल्नकै लागि निकै सास्ती खेप्नुपरेको बताए ।

“रोजगारी छैन”, उनले भने, “भारतमै कुल्ली र दरवान बनेर कार्य गर्नुपरेको छ, भारतमै कमाएको पैसाले परिवारको खर्च चल्ने गरेको छ, स्वदेशमै रोजगारीको व्यवस्था गर्न सघाउने उम्मेदवारको खोजीमा छौँ, अहिलेसम्म भेटिएका छैनन् ।”

“मुक्तिको घोषणा हुनुभन्दा अघि मालिकको घरमा पेटभर खाना पाउँथ्यौँजस्तो भए पनि वर्षमा एक पटक लुगा फेर्न पाउँथ्यौँ”, बन्टी सार्कीले भने, “मुक्तिको घोषणापछि स्वतन्त्र भए पनि जीविका चलाउनका लागि निकै सङ्घर्ष गर्नुपरेको छ, रोजगारी छैन, आर्थिक अभावले छोराछोरीलाई उच्च शिक्षा पढाउन पाएका छैनौँ, आधारभूत तहका कक्षा पूरा गरेपछि आफूसँगै मजदुरीका लागि लैजानुपर्ने अवस्था छ ।”

पुनःस्थापना प्याकेजमा नसमेटिँदा धेरै मुक्तहलिया परिवारको अवस्था दयनीय रहेको कालुराम सार्कीले बताए । “मजस्तै सामुदायिक वन र नदी किनारामा झुपडी बनाएर धेरै मुक्तहलिया परिवार पुनःस्थापनको पर्खाइमा छन्”, उनले भने, “वर्षौंदेखि जातीय छुवाछूतसँगै गरिबीमा पिल्सिदै आए पनि कसैले अहिलेसम्म हेरेका छैनन् ।” 

कागजीरुपमा छुवाछूत अन्त्य भए पनि व्यहारमा यथावत रहेकाले त्यसको अन्त्य गर्न नीतिगत व्यवस्था गर्ने र मुक्तहलिया परिवारको सहज जीवनयापन गर्न पहुँच अभिवृद्धि गर्ने हैसियत राख्ने उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ रहेको छ ।

राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार समयसापेक्षरुपमा पुनःस्थापन प्याकेज ल्याएर लगतमा समावेश हुन नसकेका मुक्तहलिया परिवारलाई पुनःस्थापन गर्नुपर्ने बताउछन् ।

“वर्षौंदेखि मुक्तहलियालाई भोट बैंकका रुपमा प्रयोग गरियो”, उनले भने, “न्यायोचितरुपमा पुनः स्थापनको कार्य गरिएको छैन, घर बनाउन मुस्किल हुने थोरै जग्गामा पुनः स्थापना गरिएको छ, यस कार्यलाई समयसापेक्ष बनाइनुपर्छ, घर निर्माण गरेर मात्रै पुग्दैन, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गरिनुपर्छ ।”

“चुनावी नारामा मात्रै मुक्तहलियालाई समेटिए त्यो अब स्वीकार्य हुँदैन, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समिति, रोजगारीका क्षेत्रसँगै राजनीतिलगायतको निर्णायक तहमा मुक्तहलियाको समावेशी, समानुपातिकरुपमा अर्थपूर्णरुपमा सहभागिता हुनुपर्छ, यी कुराको ग्यारेण्टी गर्नका लागि प्रतिबद्धता गर्ने उम्मेदवारलाई नै चयन गर्छौं”, उनले भने ।

जिल्लामा लगतमा समावेश भएका दुई हजार पाँच सय १६ मध्ये एक हजार नौ सय ९१ ले परिचयपत्र पाएका छन् । हालसम्म एक हजार आठ सय ३० परिवार पुनः स्थापन भएका छन् । लगतकट्टी गएिकाको सङ्ख्या पाँच सय २५ रहेको छ । अझै पुनः स्थापन हुन बाँकी एक सय ६१ परिवार रहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending