Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘लालध्वज’ नामै काफी : जसले काभ्रेमा समृद्धिको जग बसाले

कुशल नेतृत्वका कारण काभ्रेमा माओवादीको वर्चस्व कायम

खबरडबली संवाददाता

काठमाडौं । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभाको लागि सत्तारुढ गठबन्धनका साझा उमेदवारको रूपमा सूर्यमान दोङ 'लालध्वज' मैदानमा उत्रिएका छन् । 

२०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज यसपटक विगतको आफ्नै रेकर्ड तोड्ने अभियानमा छन् ।

को हुन् लालध्वज ?

काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पामा वि.सं. २०२७ साल बैशाख १ गते बुबा इमान सिं तामाङ र आमा माइली तामाङको माइलो छोराको रूपमा सूर्यमान दोङ (लालध्वज) को जन्म भएको हो ।

माओले भनेझैँ सूर्यमान दोङ (लालध्वज) झुप्रोबाट जन्मिएका सभ्यता हुन् । सामन्ती सुदखोरविरुद्ध ग्रामिण वर्ग संघर्षको एक योद्धा हुन् उनी । उनी ग्रामिण किसानमाथिको अन्याय अत्याचारले कम्युनिष्ट बनेका थिए । युग परिवर्तन गर्ने महान जनयुद्धका एक कुशल कमाण्डर हुन् लालध्वज ।

शान्तिपूर्ण राजनीतिमा आएपछि पनि विपक्षी राजनीतिक दलका नेता, कार्यकर्ताहरूको समेत ढुकढुकी बन्न सफल नेता लालध्वज जनताका सुखदुःखका साथी हुन् । संघर्षशील राजनीतिका एक योद्धा लालध्वजले यसपटक वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको जिम्मेवारी पाएका छन् ।

ग्रामिण वर्गसंघर्ष र राजनीतिमा प्रवेश

गरिब किसान परिवारमा जन्मेका उनले सानैदेखि शोषण र दमनमा परेका किसानको पक्षमा आवाज उठाए । ‘गाउँमा सामन्ती शोषण थियो । सुदखोरी थियो । हामीमाथि निक्कै अन्याय गरेको थियो,’ विगत सम्झिँदै लालध्वज भन्छन्, ‘शोषण, अन्या र अत्याचारको विरुद्ध मैले बोलेँ ।’

यही क्रममा उनले वर्ग संघर्षको सिद्धान्त बोकेको पार्टी, अन्याय अत्याचार, शोषण, दमनका विरुद्ध बोल्ने पार्टी फेला पारे । उनले २०४४ सालमा नेकपा (मशाल) अर्थात बोलिचालीमा मोटो मशाल पार्टीलाई भेट्टाए । प्रचण्डले नेतृत्व गरेको सो पार्टी भेटेपछि सोही सालमै उनी सेल कमिटीको सदस्य भए ।

लालध्वजले पञ्चायतविरोधी आन्दोलनमा पनि भाग लिए । संयुक्त जनआन्दोलन संयोजन समितिको नेतृत्वमा चालेको क्रान्तिकारीहरूको आन्दोलनमा लालध्वज पनि सहभागी भएका थिए । त्यतिखेर नै उनले गणतन्त्रको नारा सडकमा घन्काएका थिए ।

‘हामी नौलो जनवादी क्रान्ति गर्दै थियौँ । हामी जनवसम्म नौलो जनवादी व्यवस्था स्थापना हुँदैन तबसम्म निरन्तर संघर्ष गर्ने पक्षमा थियौँ,’ उनी भन्छन्, ‘तर, सम्झौता भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । तैपनि निरंकुश पञ्चायतभन्दा त यो प्रगतिशिल नै थियो ।’

२०४६ सालको परिवर्तनपछि...

२०४६ सालको आन्दोलनपछि नेपालमा क्रान्तिकारी ध्रुवीकरणले तिब्रता पायो । सोही क्रममा नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक संगठन र नेकपा (चौम) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि लालध्वज २०४८ साल नेकपा (एकता केन्द्र) को तेमाल इलाका कमिटी सदस्य भए । २०४९ सालमामा सम्पन्न जनवादी युव लिग काभ्रेको भेलाबाट उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरि उनी २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर संगठनको केन्द्रिय सदस्य भए ।

माओवादी निर्माण देखि २०६२/६३ सालसम्म 

नेकपा (एकता केन्द्र) निर्माणपछि पार्टीभित्र मुख्यतः क्रान्तिको मोडलको बारेमा तिब्र बहस चलिरहेको थियो । नेपालको सन्दर्भमा ‘रसियन मोडल या चाइनिज मोडल’ भन्ने बहस निक्कै पेचिलो ढंगले चल्यो । ‘यो बहसमा हामी निक्कै चासो र चिन्ताका साथ लाग्यौँ । निक्कै ठूलो बहस भयो,’ लालध्वज भन्छन्, ‘अन्ततः २०५१ सालमा पार्टी विभाजन भयो । हाम्रो लाइनले ‘नेकपा (माओवादी) पार्टी निर्माण गरेर अघि बढ्यौँ ।’

२०५१ सालमा पार्टी विभाजन भएपछि उनले नेकपा (माओवादी) को पूर्वाञ्चल ब्यूरोको कार्यालय स्टाफ भएर काम गरे । भूमिगत अवस्थमा समेत पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध भएका नेताहरूमध्ये लालध्वज पनि एक थिए । पार्टीको तत्कालीन पूर्वाञ्चल ब्यूरो इन्चार्ज यानप्रसाद गौतम (आलोक) सँगै भएको कारण अध्यक्ष प्रचण्डसँग त्यतिखेर देखि नै चिनजान भइसकेको थियो ।

जनयुद्धको तयारी र शुरुवातमा लालध्वज

पार्टीले शसस्त्र जनयुद्ध गर्ने रणनीति लिएपछि लालध्वज यसको तयारीमा पूरै लागेका थिए ।

‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गरौं,’ भन्ने मूल नाराका साथ २०५२ साल फागुण १ गतेका दिन सुरु भएको जनयुद्धको पहिलो मोर्चा सिन्धुलीगढी प्रहरी चौंकी आक्रमणमा उनी सहभागी भएका थिए । ‘हाम्रो पहिलो फौजी मोर्चा थियो । सफल भयो,’ उनी भन्छन् ।

यसैगरी २०५३ साल पौष १९ गते रामेछापको वेथान मोर्चामा समेत उनी सहभागी भए । सो मोर्चामा जिल्ला सेक्रेटरी समेत रहेका पार्टी नेता तिर्थ गौतमको सहादत भएपछि लालध्वज पार्टीको काभ्रे–रामेछाप जिल्ला समिति सदस्यमा चयन भए ।

त्यसपछि उनले मुख्यतः तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा लागे । कठोरपूर्ण भूमिगत अवस्थामा समेत पार्टीको संगठन निर्माण, विस्तार र सुदृढीकरणमा लागेका थिए ।

सो क्रममा तत्कालीन सरकारले २०५५ सालमा चलाएको किलोसेरा टु अप्रेसनको प्रतिरोध गर्दै पार्टी, कार्यकर्ता र जनताको रक्षाका लागि इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गरेका थिए उनले ।

निरन्तर अगाडि बढ्ने क्रममा २०५७ सालमा उप–क्षेत्रीय ब्यूरो सदस्य, २०५८ सालमा क्षेत्रीय ब्यूरो सदस्यमा चयन भएका थिए । साथै २०५८ मा काभ्रे जिल्ला सेक्रेटरी समेत भए ।

जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ सालमा रामेछाप, सिन्धुली र काभ्रेको जनमुक्ति सेना नेपालको रेजिनल कमान्डको कमिसारको भूमिका समेत उनले निर्वाह गरेका थिए ।

विभिन्न समयमा जिल्ला इन्चार्जको समेत भूमिका निर्वाह गर्दै २०६३ सालमा  पार्टी केन्द्रीय समिति सदस्य समेत भएका थिए । निरन्तर केन्द्रीय सदस्य हुँदै हाल आठौँ महाधिवेशनबाट पोलिटब्युरो सदस्य चयन भएका छन् भने काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा उनको कुशल नेतृत्वका कारण काभ्रेको १३ स्थानीय तह मध्य ४ वटामा अध्यक्ष र ४ वटामा उपाध्यक् सहित २५ वटा वडामा आफ्नो पार्टीको बर्चस्व कायम गराउन सफल भएका छन् ।

जनप्रतिनिधि

माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाको सदस्यमा उनी चयन भएका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज डा. बाबुराम भट्टराई पछिको लोकप्रिय मत ल्याउनेमा पर्छन् ।

सोही क्रममा २०६८ सालमा उर्जा राज्यमन्त्री समेत भएका उनले उर्जा क्षेत्रमा निक्कै विकास गरेका छन् । २०७० सालमा सप्पन्न संविधान सभा निर्वाचनमा भने झिनो मतले पराजित भएका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन–२०७४ मा भने उनी उम्मेदवार बनेनन् तर आफ्ना पार्टीको उम्मेदवारलाई जिताउन उनले पार्टी जिल्ला इन्चार्जको हैसियतले भूमिका खेले । उनको कुशल नेतृत्वकै कारण वाम गठबन्धनका सबै उम्मेदवारहरुले काभ्रेको सबै क्षेत्रमा जीत हाँसिल गर्न सफल भयो ।

जसले काभ्रेमा समृद्धिको जग बसाले

माओवादी जनयुद्धकै बेला पनि लालध्वजको नेतृत्वमा विकासको पूर्वाधारको जग निर्माण गरिएको थियो । सडक निर्माण देखि शिक्षा र बिजुलीसम्मको कार्य उनकै नेतृत्वमा भएको थियो । ग्रामिण क्षेत्रको कष्टकर जीवनलाई सहजमा बदल्न उनले भूमिगत कालमा समेत धेरै काम गर्न खेजे ।

सहिद मार्गको नामाकरण गरेर उनकै नेतृत्वमा जनमुक्ति सेनाले मकवानपुरको भोर्लेनी देखि  महाभारतको घर्तिछापसम्म सडक निर्माण युद्धकालमै निर्माण गरेको थियो ।

त्यस्तै विभिन्न ठाउँमा भत्केको विद्यालय भवन समेत उनकै नेतृत्वमा जनमुक्ति सेनाले निर्माण गरेको थियो ।

काभ्रेको तेमालमा विद्युतिकरणको योजनाकार र पहलकर्ता नै लालध्वज थिए । भूमिगत कालमा समेत जनतालाई अन्धकारबाट हटाएर उज्यालो दिन चाहने नेता लालध्वजकै कारण आज तेमालबासी उज्यालोमा छन् ।

जनप्रतिनिधि भइसकेपछि विकास र समृद्धिको अभियानमा लाग्न झन सहज भयो । मुख्यतः ग्रामिण क्षेत्रलाई सडक र विद्युतसँग कसरी जोड्ने भन्ने चिन्ता उनमा थियो । सोही अनुसार उनले विकट क्षेत्रको रुपमा परिचित डाँडापारी क्षेत्र र कोशिपारी क्षेत्र, अनि तेमाल र रोशी क्षेत्रमा सडक निर्माणको पहल नै उनले गरे । साविकको सबै गाविस छुने गरि सडक सञ्जालको जग बसाल्ने शुरुवात कर्ता नै लालध्वज हुन् ।

खोपासी तालढुंगा सडक निर्माण अलपत्रमा थियो । उनकै सचेत पहलमा आज व्यवस्थित भएको छ । दोलालघाटदेखि कोशिपारी क्षेत्रको भुम्लु हुँदै वाङथली, ढाँडखर्क भञ्ज्याङ, बिर्तादेउराली–कात्तिके देउराली सडक, ढाँडखर्क देखि माझीफेदा हुँदै नाग्रेगगर्चेसम्मको सडक निर्माणको पहल लालध्वजले नै गरेका थिए ।

तेमाल र रोशी क्षेत्रमा समेते सडकहरु निर्माणकार्यको शुरुवात उनले नै गरेका थिए ।

काकाकुल तेमालका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजनाकार समेत लालध्वज हुन् । उनकै परिकल्पना र पहलमा आएको तेमाल बृहत खानेपानी योजना हाल अन्तिम चरणमा पुगेको छ । साथै तेमालमा तामाङ संग्रहालय निर्माण समेत शुरुवात भइसकेको छ ।

अन्य क्षेत्रमा खानेपानी, विद्यालय भवन निर्माण लगायतका कार्यहरु भएको छ ।

लालध्वजः नामै काफी

गठबन्धन दलहरूको साझा उम्मेदवारको रुपमा लालध्वजलाई पार्टीले उभ्याएको छ । जनता प्रति इमान्दार, राष्ट्र प्रति वफादार र युवाहरुको ढुकढुकीको रुपमा आफूलाई उभ्याउदै आएका उनलाई मन नपराउने सायद कोही पनि छैनन् । बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मको प्यारो नेताको रुपमा जिल्ला भरि चिन्दछ उनलाई । समस्याको उपायको पर्याय बनेको लालध्वज काभ्रेको प्रभावशाली नेताको रुपमा परिचित छ ।

राजनीतिक रुपमा विभेद नगर्ने समान रुपमा व्यवबहार गर्ने नेताको रुपमा उनी काभ्रेमा स्थापित छ । आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनी प्रतिको विश्वास र अपेक्षा हो । सिधै अध्यक्ष प्रचण्डसँग सम्बन्ध भएको काभ्रेको नेताको रुपमा उनलाई चिनिन्छ ।

कसको सम्भावना कति ?

काभ्रेमा सक्रिय ठूला दलमध्येका दुई दल कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावी मैदानमा छन्। अघिल्लो २०७४ सालको निर्वाचन र गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत आधार हेर्दा एमाले काभ्रे–१ मा कमजोर देखिन्छ।

२०७४ मा सँगै मिलेर चुनाव लडेको दल माओवादी केन्द्र अहिले एमालेको विपक्षमा छ। यो क्षेत्र माओवादीको पकड क्षेत्रसमेत मानिन्छ। यो क्षेत्रबाट विगतको निर्वाचनमा गठबन्धन दल कांग्रेस र माओवादीका उम्मेदवारले जित्दै आएको छ। पछिल्ला तीन (०६४, ०७० र ०७४)को निर्वाचन र दुई स्थानीय निर्वाचनमा यी दुई दलकै उम्मेदवारले जितेका छन्।

त्यसैले योपटकको निर्वाचनमा गठबन्धन दलकै उम्मेदवारले विजय हुने निश्चितप्रायः देखिन्छ। २०७४ को निर्वाचन जस्तो अहिले एमालेमा बलियो जनाधार देखिँदैन। त्यस्तै गत स्थानीय तहको नतिजा हेर्ने हो भने स्थानीय सरकारमा एमालेको बलियो पकड पनि छैन। यो क्षेत्रमा गठबन्धन बलियो देखिन्छ।

एमाले भन्दा गठबन्धन बलियो

काभ्रे–१ मा जिल्लाभर १३५ वडामध्ये ६९ वडा पर्छन्। त्यसमा चौरीदेउराली गापा, महाभारत, खानीखोला, रोशी, तेमाल गापा र नमोबुद्ध नपाका सबै वडासँगै  बेथानचोक गापाको वडा नं. ६, पनौती नपाको वडा नं. ४ देखि १० सम्म र धुलिखेल नपाको वडा नं. ८–१२ सम्मको यस क्षेत्रमा पर्छ।

यो क्षेत्रमा पर्ने धुलिखेल बाहेक सबै स्थानीय तहमा गठबन्धन दलकै नेतृत्व छ। धुलिखेलमा पनि उपमेयर भने गठबन्धनकै छन्। यो क्षेत्रको १ लाख ५२ हजार ११४ मतदाताका लागि ९५ मतदानस्थल र १८९ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

गत स्थानीय चुनावमा दलहरूले पाएको मत जोड्दा सत्ता गठबन्धन बलियो देखिन्छ। यो क्षेत्रबाट ०६४ मा माओवादी र ०७० मा कांग्रेसले एक्लै चुनाव जितेको थियो। यो दुवै निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए। ०७४ मा एमाले र माओवादी तालमेल गरेर चुनाव लड्दा माओवादीको भागमा परेको थियो।

माओवादीका उम्मेदवार दोङको जितका लागि कांग्रेसको मतको महत्व छ। यो चुनावमा कांग्रेसका तर्फबाटअन्तरघात हुने कुनै सम्भावना नरहेको जिल्ला सभापति तथा काभ्रे–१ ख का उम्मेदवार तीर्थ लामाको दावी छ।

कांग्रेसका जिल्ला सभापति लामा समेत सोही क्षेत्र प्रदेश ‘ख’ तर्फका उम्मेदवार भएपछि दोङलाई सहज भएको अर्काथरीको अनुमान छ। आफ्ना लागि यो क्षेत्र जित्न खासै चुनौतीपूर्ण नहुने दोङको पनि बुझाइ छ।

तर यो क्षेत्रबाट गठबन्धनको भारी मतको बाबजुत आफू विजय हुने एमालेका उम्मेदवार लामाको दाबी छ। एमालेका उम्मेदवार लामाले चुनाव जित्न एमालेको मात्रै मतले भने पुग्ने देखिदैन। उनले जित्नका लागि अन्य दलको मत लिनैपर्ने हुँदा सहज भने देखिँदैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies