जुम्ला । देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताए।
जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पु¥याउँदा विशेषगरी सिञ्जा क्षेत्रका किसान मर्कामा परेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। सिञ्जाका सबै धान उत्पादन हुने खेतमा वर्षाले पूर्णरूपमा क्षति भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन जिल्लाका चन्दननाथ, तातोपानी, गुठीचौर, तिला र पातारासी गाउँपालिकामा यतिबेला घरमा धान भित्र्याउन सुरु भएको छ । मौसममा सुधार आएपछि जिउलोभरि मार्सीधान भित्र्याउा किसान लागिपरेका छन् । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त हुने गरेका छन् । एक हप्तासम्म वर्षा नभएको भए सबै धान घरमा ल्याइसकिने तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले बताए।
जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सीधान निकै लोकप्रिय धान बाली हो । पछिल्लो समय रोगकिराको सङ्क्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन् ।
मार्सी धानको चामल प्रतिकेजी रु एक सय ५० देखि दुई सयमा बिक्री हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिनुभयो । जुम्ली मार्सीधानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । सोहीअनुसार प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गरिन्छ । सो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । चैत १६ गते भिजाएको बीउ सुकाउने र चैत २० गते ब्याडमा लगेर छर्ने गरिन्छ ।
जेठ पहिलो सातादेखि धान रोप्न सुरु गर्ने, असारमा पहिलो सातामा गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष नौ सय ५० हेक्टरमा धान खेती गरिएकामा छ हजार सात सय ८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सीधान उत्पादन हुने गरेको कार्यालयका प्राविधिक सुकिराम नेपालीले बताउनुभयो । जिल्लाका किसानलाई चन्दननाथ–१, ३ र लेकाली जातको धान सिफारिस गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
विश्वकै उच्च स्थानमा रहेको यहाँको पातारासी गाउँपालिकाको छुमचौर जिउलोमा मार्सीधानको खेतीसमेत हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...
चैत्र २ गते, २०८२ - १४:५३
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...
चैत्र २ गते, २०८२ - १४:२५
सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...
चैत्र २ गते, २०८२ - १४:०६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...


प्रतिकृया लेख्नुहोस्: