Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

शुक्लाफाँटामा ७० लाख लगानी गरेर पशुपालन

खबरडबली संवाददाता
दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । रु ७० लाख लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन् । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए  ।
 
“सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।” उनले भने, “लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागे ।” सुरुआतामा रु चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उनका व्यवसाय विस्तार गर्दै अहिले रु ७० लाख लगानी गरेको उनले बताए ।
 
“बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।” उनले भने, “यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।” उनको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उनले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाए । “अहिले प्रदेश सरकारबाट पनि मैले रु ४० लाख अनुदान पाएको छु ।” उनले भने, “अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।” अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उनले बताए । “भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु ।” उनले भने, “विस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य छ ।”
 
पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उनले बताए । “हरेक बुधबार यहाँबाट काठमाडाँै मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।” उनले बताए , “अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौँ ।” उनको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending