Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

देउवा-ओली 'लाइभ डिबेट'मा आए मतदाताको मनस्थितिमा प्रभाव पर्ला?

प्राध्यापक लोकराज बराल भन्छन् : संसदीय प्रणालीमा खासै अर्थ हुँदैन

खबरडबली संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रसारण हुने बहसका लागि आफू तयार रहेको बताएपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्नखाले टिप्पणीहरू भइरहेका छन्।

आम निर्वाचनको पूर्वसन्ध्यामा ओलीको उक्त भनाइलाई कतिपयले "चुनावी स्टन्ट"का रूपमा अर्थ्याएका छन्।

यद्यपि ओली निकट विश्लेषकका दृष्टिकोणमा चाहिँ उनको आह्वान अनुसार प्रत्यक्ष प्रसारण हुनेगरी बहस भए त्यो "नेता चिन्ने अवसर" बन्न सक्छ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुखले चाहिँ "एकल नेतृत्वयुक्त राष्ट्रपतीय प्रणालीमा चल्तीमा रहेको तर बहुल नेतृत्वयुक्त संसदीय प्रणालीमा खासै चलनमा नरहेको" कुरा ओलीले अघि सारेको बताएका छन्।

ओलीले के भने?

ओलीले मङ्गलवार सामाजिक सञ्जालमार्फत् देउवालाई "लाइभ डिबेट"का लागि आह्वान गरेका हुन्।

उनले लेखेका छन्, "सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ।"

"धेरैजसोले मेरो र नेकाका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ।"

"निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?"

उनले फेसबुकमा लेखेको उक्त पोस्टमा कसैले सकारात्मक त कसैले नकारात्मक प्रतिक्रिया दिएका छन्।

उनका समर्थकले देउवाले ओलीसँग त्यस्तो "बहस गर्न नसक्ने" दाबी गरेका छन् भने उनका विरोधीले "हावादारी गफ गर्ने व्यक्तिसँग देउवाले बहस गर्नु नहुने" तर्क गरेका छन्।

कतिपयले चाहिँ देउवा, ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बहस हुनुपर्ने बताएका छन्।

त्यस्तै कैयौँले बहस गर्नु रामो हुने तर सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रश्न सोध्न पाउनुपर्ने प्रतिक्रिया दिएका छन्।

सञ्चारमाध्यमको ध्यानाकर्षण

देउवालाई प्रत्यक्ष प्रसारण हुने बहसमा निम्तो दिएका ओलीले बुधवार त्यसबारे पुन: सामाजिक सञ्जालमा लेखेका छन्। उनले बुधवार चाहिँ सञ्चारमाध्यमलाई त्यसबारे ध्यानाकर्षण गराएका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, "मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकाका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ।"

"यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ। यसप्रति म खुसी छु।"

"विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरू सार्वजनिक सञ्चारमाध्यमबाट आयोजना गर्ने गरिन्छ। यहाँका सञ्चारमाध्यम र सम्पादकज्यूहरूले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु।"

देउवा निकट के भन्छन्?

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले उक्त विषयमा "प्रतिक्रिया दिनुको खासै अर्थ नरहेको" बताए।

उनका भनाइमा चुनावका बेलामा ओलीले फेसबुकमा त्यस्ता कुरा लेखेर खासै अर्थ नहुने र त्यो उनको चुनावी दाउ मात्र जस्तो देखिन्छ।

"अन्यत्र पनि राष्ट्रपतीय प्रणाली भएका देशहरूमा मात्र त्यस्तो बहस हुन्छ किनकी त्यो एकल नेतृत्वको प्रणाली हो," उनले भने।

"संसदीय प्रणाली भनेको सामूहिक नेतृत्वको हुने भएकाले यस्ता बहस हुने चलन छैनन्। त्यसैले उहाँले (ओली) भनेको कुरा नै मिल्ने खालको भएन।"

उनका भनाइमा आम निर्वाचनका बेलामा नेताहरू घरघरमा गएर मतदातासँग प्रत्यक्ष नै भेट्ने चलन भएकाले त्यस्ता बहसको तुक पनि रहँदैन।

'सकारात्मक कुरा हो'

ओलीको प्रधानमन्त्री बनेका बेला उनका प्रेस सल्लाहकार रहेका कुन्दन अर्याल चाहिँ ओलीले उठाएको विषयलाई लोकतान्त्रिक प्रणालीमा आफूले सकारात्मक रूपमा लिएको बताउँछन्।

उनले भने, "चुनाव भनेको प्रतिस्पर्धाको पर्याय हो। जब उम्मेदवारबीचको प्रतिस्पर्धा हुँदा बहस हुन्छ भने त्यो राम्रै कुरा हो।"

"हुन त अमेरिकाको राष्ट्रपतीय प्रणालीमा त्यस्तो हुन्छ भन्छौँ तर नेपालमा पनि ठिकै छ नि!"

"एउटा घोषित प्रधानमन्त्रीको उम्मेदवार र अर्को सम्भावित प्रधानमन्त्रीको उम्मेदवारबीच बहस हुँदा राम्रै हुन्छ।" उनका भनाइमा त्यस्तो बहसले उम्मेदवारलाई परख गर्न मतदातालाई बल पुग्छ।

त्यस्तै नेताहरूले पनि सार्वजनिक बहसमा संयमित भएर र आफ्ना बाचाहरू जनतासमक्ष पुर्‍याउन त्यसालाई उपयोग गर्न सक्छन्।

मतदाताले पनि नेताहरूले बोलेका कुरालाई समातेर उनीहरूलाई जवाफदेही बनाउन सक्ने भएकाले त्यस्तो बहस हुनु सकारात्मक रहेको उनको भनाइ छ।

'खासै अर्थ छैन'

राजनीतिशास्त्रका एकजना प्राध्यापक लोकराज बराल चाहिँ नेपालमा त्यस्ता बहसले खासै अर्थ नराख्ने ठान्छन्।

उनी भन्छन्, "त्यस्तो बहस बढी प्रत्यक्ष रूपमा उम्मेदवार चुनिने प्रणालीमा हुने हो। संसदीय प्रणालीमा खसै हुँदैन।"

"नेपालमा भइहाले पनि त्यसमा गालीगलौज बढी होला वा कसले कसलाई गम्भीर र अनावश्यक आरोप लगाइदेला? त्यो कसरी व्यवस्थापन गर्ने भन्ने हो।"

नेपालमा मतदाता प्रभावित गर्न पनि त्यस्ता बहसले खासै भूमिका खेल्लान् भन्ने उनलाई लाग्दैन। उनी ओलीले चुनावी "स्टन्ट"का लागि मात्र त्यस्तो बहसको कुरा निकालेको हुनसक्ने ठान्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE