Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पहिराले रामपुर नहर बन्द हुँदा धानबालीमा असर

खबरडबली संवाददाता

रामपुर  ।  पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पु¥याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ ।

रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर पहिराले बन्द हुँदा धानबालीमा सिँचाइको समस्या निम्तिएको छ । पसाउन लागेका, कोही पसाउँदै गरेको अवस्थामा रहेको धानबालीलाई पर्याप्त सिँचाइ दिन नपाउँदा उत्पादनमा ठूलो असर पर्ने रामपुर–३ मटेरी बस्ने विष्णु गौतमले बताए  ।

“नहरमा पानी बन्द भएको करिब १० दिन भइसक्यो, धानलाई मुख्य सिँचाइ दिनुपर्ने समयमा सिँचाइ गर्न नपाउँदा वर्ष दिन खाने खेतीको उब्जनी नै घट्दा हामी किसान मारमा परेका छौँ”, उनले भने । धान रोप्ने समय, गोडमेल गर्ने, पसाउने समयमा बर्सेनि नहरमा पहिराले क्षति पुगेकै हुन्छ । यसले गर्दा किसानले बाली लगाएर ढुक्कसँग उत्पादन लिन पाइन्छ या पाइँदैन सधैँ अन्योलमै खेती गर्न बाध्य छन् ।

हेडबक्स नजिकै सोलीघोप्टे र जामुनेमा करिब २५–२५ मिटर, कमिरेको दुई स्थानमा १५–१५ मिटर, रजघराको कामीगाउँबाट तल २५ मिटर पहिरो खस्दा नहरमा पानी बन्द भएको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताए  । “पहिरो पन्छाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा नहरदेखि माथिका भागबाट ठूला–ठूला ढुङ्गासहित पहिरो खसेकाले काम गर्न समय धेरै लागेको हो”, उनले भने, “अबको दुई–तीन दिनभित्रमा काम सम्पन्न गरेर पानी सञ्चालन गर्नेछौँ ।”

अध्यक्ष रेग्मीका अनुसार हाल विभिन्न ठाउँमा गरी दैनिक ३८ कामदार परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सानो बजेटले काम गर्न उपभोक्ता समितिलाई कठिनाइ परेको छ । “नहरलाई व्यवस्थित बनाउन बजेट अभाव छ, पुरानो संरचना मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन्, पुनःनिर्माणमार्फत काम गर्नुपर्ने देखिएको छ, सानो बजेटले काम गर्न गाह्रो छ, यसका लागि माथिल्लो निकायमा बजेट माग गरिरहेका छौँ”, उनले भने ।

गत वर्ष लुम्बिनी प्रदेश सरकारमार्फत रु ५० लाख बजेट प्राप्त भई विभिन्न ठाउँमा मर्मतसम्भारको काम भएको र यस वर्ष केन्द्रबाट रु ८० लाख बजेट परेको उनले जानकारी दिए  । निस्दीखोलाको पानीलाई सोलीघोप्टे नजिकै बाँध बाँधेर विसं २०४६ मा रामपुरमा झण्डै २२ किमी परबाट सिँचाइका लागि पानी ल्याइएको हो । २०४६ फागुन १० गते नहरको विधिवतरूपमा उद्घाटन गरिएको थियो ।

नहरमा पहिरो गएपछि इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री र नहरका उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मी, पत्रकारसहितको टोलीले मङगलबार स्थलगत निरीक्षण गरेको छ ।

धानबालीमा आवश्यक सिँचाइ दिनुपर्ने समयमा नहरमा पानी बन्द हुँदा किसान मारमा परेकाले जतिसक्दो चाँडो काम सम्पन्न गरेर पानी सञ्चालन गर्न उपभोक्ता समितिलाई इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले निर्देशन दिएका छन् ।

“माथिबाट खसेको पहिराले क्षति पु¥याएको रहेछ, पुराना संरचना ठाउँ–ठाउँमा स्तरोन्नति गर्नुपर्ने देखिएको छ, यस नहरबाट सिँचित क्षेत्र ठूलो भएकाले नहरलाई व्यवस्थितरूपमा मर्मतसम्भार गर्नुपर्नेछ”, प्रमुख अर्यालले भने ।

साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमिनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो । यहाँ रामपुर नहर सञ्चालनमा ल्याएपछि बाँझिएका जमिन सदुपयोगमा आएका छन् । यस नहरसँग चार हजार नौ सय घरधुरीका उपभोक्ता आबद्ध छन् ।

एक हजार दुई सय हेक्टर कुल क्षेत्रफल रहे पनि हाल सात सय ७० हेक्टर जमिनबाट सिँचाइ सुविधा उपभोग गरेवापत प्रतिरोपनी रु १२० का दरले सेवा शुल्क उपभोक्ता समितिले उठाउँदै आएको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ । नहरको रेखदेखका लागि वर्षायाममा छ र हिउँदमा तीन जना हेरालु राखिएको छ । मूल नहरबाट पाँच शाखा र ४२ उपशाखा रहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending