Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

मन्त्री कार्की भन्छन्– प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिन्छ

खबरडबली संवाददाता
मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताएका छन् ।  
 
प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडानकार्य भइरहेको बताए  ।
 
मन्त्री कार्कीले प्रदेश सरकारले सुरक्षित प्रहरीबाट सुरक्षित समाज र नागरिकसमेत सुरक्षित हुने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयहरुको मर्मतगर्न सहयोग उपलब्ध गराएको बताएका छन् । 
 
कार्यक्रममा प्रहरी दिवसको उपलक्ष्यमा अमर प्रहरी स्मारकमा माल्यार्पण, उत्कृष्ण प्रहरीलाई सम्मान गरिएको थियो ।
 
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वदेश तथा विदेशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको ठूलो योगदान रहेको बताए  । 
 
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भयरहित वातावरणमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न प्रहरीको काँधमा आएको जिम्मेवारी सफलतापूर्वाक सम्पन्न गर्ने विश्वास व्यक्त गरे  ।
 
प्रदेश प्रहरी कार्यालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षकद्वय राजेश बाँस्तोला एवं जयराज सापकोटाले   शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न  निरन्तरकार्य गरिरहेको धारणा राखे ।
 
सो अवसरमा रु एक लाख राशिको साधनादेवी उत्कृष्ण प्रहरी पुस्कारबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर श्रेष्ठ र  हबल्दार भुवेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । यसैगरी स्व। विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक पुरस्कारबाट प्रहरी हबल्दार तुलसीप्रसाद पोखरेललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending