Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा भीड, लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता

खबरडबली संवाददाता

जुम्ला ।  लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ ।

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दसँैपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।

अघिपछि नियमित उडान हुने तर दसैँ अवधिभर निजी एयरलाइन्सले पूर्वमा बढी प्राथमिकता दिएपछि दसैँमा नागरिक घर फर्किनसमेत सकस भएको थियो । दसैँपछि पनि गन्तव्यमा पुग्न कठिन भएको छ ।

प्राधिकरण प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एकमात्र उडान भरेको छ । नेपाल एयरलाइन्सको तालिकाअनुसार हप्तामा दुई वटा जहाज आउनुपर्नेमा कार्यान्वयन हुन सकेको छैन । अझ नागरिक उड्डयनको वार्षिक उडान तालिकामा हप्तामा सात वटा उडान छ ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुनेछ । उनले एक जहाज बिग्रेकाले एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताए । नागरिक उड्डयन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको एक मात्र उडान भएको छ ।  

लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता 

जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिनअघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ । स्थानीय प्रशासनका अनुसार यो तीन÷चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, आकस्मिक बिरामी ५० भन्दा बढीलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ ।

यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो । छ जना विद्यार्थीलाई त राहत बोकेर आएको हेलिकप्टरमा पठाइएको छ ।  परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाइन लगाएर दुई सय छ जनाको नाम सूची तयार पारिएको थियो । आइतबारदेखि सो सूचीको ५० प्रतिशत कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरी सेवा दिइने नागरिक उड्डयनले बताएको छ ।  

प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही बिरामी उडाएपछि अबको जिम्मा एयरलाइन्स र नागरिक उड्डयन आफैँले लिनेछ । नेपाल एयरलाइन्सको नियमित उडान तालिका कार्यान्वयन हुन सकेको छैन । यस बेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिबार नआउँदा सकस भएको छ ।

विपत्मा राहत, उद्धार, सडक पन्छाउने विषयमा तनाव बढिरहेको बेला राजमार्ग वन्द भएपछि जहाज नआउँदा हैरान भएको छ । सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिबार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीसहितको पत्रकारको टिमले सरोकारवाला निकायसँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: